logo

अब सेन्चुरी बैङ्क र सगरमाथा फाइनान्सले एकीकृत कारोबार गर्ने

    1686   पटक पढिएको

१८ असार / अर्थ र व्यापार – काठमाडौँ सेन्चुरी कमर्सियल बैङ्क लिमिटेडले चाँडै सगरमाथा फाइनान्स लिमिटेडसँग एकीकृत कारोबार सुरु गर्ने भएको छ । 

बैङ्कका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा आज बसेको विशेष साधारणसभाले उक्त फाइनान्सलाई प्राप्ति ९ एकीकृत ० गर्ने प्रस्ताव अनुमोदन गरेको छ । सगरमाथाको १०० कित्ता सेयर सेन्चुरीको ९५ कित्ता सेयर हुने गरी सम्झौता गरिएको छ । अब बैङ्कको चुक्ता पुँजी रु सात अर्बभन्दा माथि पुगेको छ । 

यसैगरी अल्पाइन डेभलपमेन्ट बैङ्क लिसँग प्राप्ति गर्ने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भइसकेको तथा सेती फाइनान्स लिलाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भई नेपाल राष्ट्र बैङ्कमा निवेदन पेस गरिएको छ । 

यसअघि उक्त बैङ्कले इन्नोभेटिभ डेभलपमेन्ट बैङ्क र अरनिको डेभलपमेन्ट बैङ्कलाई प्राप्ति गरी एकीकृत कारोबार गरिसकेको छ । बैङ्क तथा वित्तीय संस्थाको नियमन निकाय राष्ट्र बैङ्कले यही असार मसान्तसम्म विकास बैङ्कको चुक्ता पुँजी रु आठ अर्ब पु¥याउन निर्देशन दिएपछि एकीकृत भई कारोबार गर्न लागिएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।