logo

सेन्ट्रल फाइनान्सद्वारा शेयरधनीलाई लाभांश वितरण

    962   पटक पढिएको

५ बैशाख /अर्थ र व्यापार - सेन्ट्रल फाइनान्सले शेयरधनीलाई नगद लाभांश वितरण गरेको छ । फाइनान्सको चैत १० गते सम्पन्न २२ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

फाइनान्सको शेयर रजिष्ट्रार एनएमबि क्यापिटलका अनुसार फागुन २२ गतेसम्म आफ्नो शेयर अभौतिकिकरण गराएका शेयरधनीलाई बैशाख ४ गते सोमबारदेखि नगद निजहरुकै बैंक खातामा पठाएको छ । साथै हालसम्म पनि कागजी शेयर धारण गर्ने शेयरधनीलाई शेयर अभौतिकिकरण गर्न र डिम्याट खातामा बैंक खाता अद्यावधिक गर्न क्यापिटलले आग्रह गरेको छ । शेयर डिम्याट र बैंक खाता अद्यावधिक गर्ने शेयरधनीहरुलाई क्रमश लाभांश वितरण गरिने जनाइएको छ ।

साथै भक्तपुर फाइनान्सलाई प्राप्ती गरि २०७३ चैत १० गतेदेखि एकीकृत कारोबार गरेको कारणले सो मितिसम्म कायम रहेका शेयरधनीलाई दुई वर्षसम्म कर नलाग्ने हुँदा सोही अनुसारको नगद र सो मितिपछिको हकमा कर कट्टी कगरि नगद जम्मा गरेको जनाएको छ । यस्तै २१ औं साधारण सभाबाट पारित बोनसमा कर लाग्ने शेयरधनीहरुको कर रकम समेत यसै नगदबाट काटिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।