logo

सेन्ट्रल फाइनान्सद्वारा चैत ५ गते २२ औं वार्षिक साधारण सभा आह्वान

    767   पटक पढिएको

२२ फागुन/ अर्थ र व्यापार - सेन्ट्रल फाइनान्स सञ्चालक समितिले फागनु १२ गते बसेको बैंठकले आगामी चैत ५ गते आह्वान गरेको २२ औं वार्षिक साधारण सभाको प्रयोजनका लागि फागुन २३ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम रहने शेयरधनीले मात्र लाभांश पाउँछन् ।
फाइनान्सको गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ७ प्रतिशत नगद लाभांश फागुन २२ गते बुधबारसम्म कायम रहने शेयरधनीले मात्र पाउने भएका छन् ।

सेन्ट्रल फाइनान्सको फागुन २१ गते मंगलबार प्रतिकित्ता ११४ रूपैयाँमा शेयर कारोबार भएको छ । फाइनान्स सञ्चालक समितिले फागनु १२ गते बसेको बैंठकले नेपाल प्रशासनिक प्रतिष्ठान, जावलाखेल, ललितपुरमा साधारण सभा डाकेको छ । सभाले पुस २७ गते सम्पन्न सञ्चालक समितिको २६८ औं बैठकले गत वर्षको मुनाफाबाट लागनीकर्तालाई प्रस्ताव गरेको ७ प्रतिशत (५ करोड ७६ लाख ३७ हजार ८५० रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

यसैगरि आर्थिक वर्ष २०७४र७५ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्ने र लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने लगायतका एजेण्डा पनि सभामा छन् । चुक्ता पूँजी ८२ करोड ३३ लाख रुपैयाँ रहेको फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ८२ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी ६ रूपैयाँ ८६ पैसा छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।