logo

नेप्सेमा लक्ष्मी इक्विटी फण्डको कारोबार खुल्यो

    1247   पटक पढिएको

१८ साउन / अर्थ र व्यापार – लक्ष्मी इक्विटी फण्डको बुधबारदेखि नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा  कारोबार खुलेको छ । लक्ष्मी इक्वीटी फण्डको सुरु कारोबार मूल्य १० रुपैयाँ निर्धारण गरिएको छ । नेप्सेले लक्ष्मी इक्विटी फण्डलाई कारोबार सिम्बोल एलईएमएफ प्रदान गरेकोे छ । अब इकाईधनीले आफुसँग भएका लक्ष्मी इक्विटी फण्डका इकाई किनबेच गर्न सक्नेछन् । 

लक्ष्मी इक्विटी फण्डका इकाईहरु बैशाख २२ गतेदेखि २६ गतेसम्म एक अर्ब २५ करोड रुपैयाँको १२ करोड ५० लाख इकाई सार्वजनिक निष्काशन भएको थियो । निष्काशन भएको कुल इकाई मध्ये १५ प्रतिशत लक्ष्मी क्यापिटल र लक्ष्मी बैंकको छुट्याइएको छ ।

फण्डको असार मसान्तको प्रतिइकाई खुद मूल्य ९ रुपैयाँ ८५ पैसा रहेको छ । कम्पनीको यस अवधिमा कुल लगानी ४० करोड ४० लाख रुपैयाँ पुगेको छ । जसमध्ये ३९ कम्पनीको सूचिकृत धितोपत्रमा ३८ करोड ७४ लाख रुपैयाँ लगानी रहेको छ ।

लक्ष्मी इक्विटी फण्ड लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केटले निष्काशन गरेको दोस्रो सामुहिक लगानी कोष हो । जसको कोष प्रवर्द्धक लक्ष्मी बैंक र कोष व्यवस्थापक लक्ष्मी क्यापिटल रहेको छ ।
 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।