logo

बैंकहरुको निक्षेपको ब्याज दर ११ प्रतिशतबाट बढेर साढे १२ प्रतिशतसम्म पुग्यो

    1044   पटक पढिएको

१९ मंसिर/ अर्थ र व्यापार - बाणिज्य बैंकहरुले अन्धधुन्द ब्याज दिन थालेपछि विकास बैंकहरुले पनि ब्याज बृद्धिमा पुनर्बिचार गर्ने भएका छन् । बुधबारसम्म बैंकहरुको निक्षेपको ब्याज दर ११ प्रतिशतबाट बढेर साढे १२ प्रतिशतसम्म पुगिसकेको छ ।

बैंकहरुले महँगोमा निक्षेप लिन थालेपछि आफ्नो खोसिन सक्ने भन्दै विकास बैंकहरुले पनि ब्याज बृद्धिमा पुनर्बिचार गर्ने भएका हुन् । बैंकर्स संघले लामो समयदेखि आएको भद्र सहमतिलाई खारेज गर्दै ब्यक्तिगत निक्षेपकर्तालाई दिने ब्याज दर बैंकहरुले आफूखुसी तोक्न सक्ने निर्णय गरेको थियो । निर्णय लगत्तै जनता बैंकले ब्याज १२ प्रतिशत पुर्यायो भने माछापुच्छ्रेले साढे १२ प्रतिशत पुर्याएको छ । केही बैंकले बढाउने तयारी गरेका छन् । 

डेभलपमेन्ट बैंकर्स संघले आफ्ना सदस्य बैंकहरुसँग बसेर ब्याज दर बृद्धिबारे आवश्यक निर्णय गर्ने भएको छ । बाणिज्य बैंकहरुमा तिब्र प्रतिस्पर्धा देखिएको छ । विकास बैंकहरुले बाणिज्य बैंकहरुभन्दा बढि ब्याज भने नतोक्ने योजना बनाएका छन् । बाणिज्य बैंकहरुले पैसा खोसेर लैजान नसकुन् भन्ने हिसाबले त्यही हाराहारीमा ब्याज तोक्ने तयारी विकास बैंकहरुको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।