logo

२ करोड ५० लाख रुपैयाँ भन्दा बढी हिनामिना प्रकरणमा चार्टड अकान्टेन्ट पक्राउ 

    1744   पटक पढिएको

१९ आषाढ/अर्थ र व्यापार–  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) ले बैंकिङ कसुर मुद्दामा चार्टड अकाउन्टेन्ट (सिए) मुकल भट्टलाई पक्राउ गरेको छ ।  

काभ्रेको साँगास्थित सामुदायिक लघुवित्त वित्तिय संस्थाको २ करोड ५० लाख रुपैयाँ भन्दा धेरै रकम हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबीले) सोमबार भट्टलाई पक्राउ गरेको हो । 

यसअघि कम्पनीका अध्यक्ष हिरा बिश्वकर्मा, सञ्चालक चण्डेश्वरी प्रधान र बटुकृष्ण कार्की तथा तत्कालिन सिइओ स्वयम्भुराम जोशीलाई प्रहरीले पक्राउ गरिसकेको छ । 

सो संस्थाका तत्कालिन सिइओ जोशीले संस्थाबाट नेपाल महिला उत्थान केन्द्रलाई आधिकारीक निकायको स्वीकृत बिना नै २ करोड ५० लाख रुपैयाँ रकम दिएका थिए। संस्थाको सो रकम डुबेको थियो । त्यस्तै, जोशीले राष्ट्र बैंकको नीति निर्देशनविपरीत ७ लाख ४४ हजार रुपैयाँ भुक्तानी लिएका थिए । 

संस्थानमा अन्य आर्थिक कारोबार समेत अपारदर्शी रहेको र त्यसमा सिए भट्टलृृ सहयोग गरेको खुलेपछि उनलाई पनि पक्राउ गरिएको सिआइबीका एसपी कृष्णहरी शर्माले बताए । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।