logo

बैंकर कपिल शर्मा खनालको हिजो साँझ निधन

    1134   पटक पढिएको

२३ माघ/ अर्थ र व्यापार - नबिल बैंकको फर्स्ट जेनेरेसन बैंकर कपिल शर्मा खनालको निधन भएको छ । बर्ष दिनदेखि ब्रेन ट्युमरको उपचार गराइरहेका शर्माको हिजो साँझ निधन भएको हो ।

उनको केही समयअघि मुटुको पनि शल्यक्रिया गरिएको थियो । शर्माको आज बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ । लामो समयदेखि नबिल बैंकमा रहेका उनी त्यहाँ छाडेर क्लिन इनर्जी डेभलपमेन्ट बैंक गएका थिए । सुरुमा डेपुटी प्रमुख कार्यकारीका रुपमा त्यहाँ गएका उनी पछि प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए । 

बर्ष दिनअघि उनी उपचारका लागि भारत पुगेका थिए । हिजो साँझ मेडिसिटी हस्पिटलमा उनको निधन भएको हो । शर्माकी श्रीमती र एक छोरा, एक छोरी छिन् । छोराछोरी दुबै अध्ययनका लागि अस्ट्रेलियामा छन् ।

उनलाई नजिकबाट चिन्ने बैंकरहरु ‘प्रोफेसनल बैंकर’ का रुपमा परिचय दिन्छन् । आफ्नो सिद्धान्तसँग सम्झौता गर्न नसकेकै कारण उनी बौद्धिक बैंकर हुँदाहुँदै पनि बाणिज्य बैंकहरुको प्रमुख कार्यकारी बन्न नसकेको उनी निकटहरु बताउँछन् । क्लिन इनर्जी एनएमबी बैंकसँग मर्ज हुने भएपछि उनले बैंकिङ करियरबाटै विश्राम लिएका थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।