logo

बैंक अफ काठमाण्डूद्वारा नाफामा ३३ प्रतिशतले सुधार 

    1085   पटक पढिएको

२८ माघ /अर्थ र व्यापार - बैंक अफ काठमाण्डूले चालु आर्थिक वर्षको छ महिनामा ७३ करोड ७५ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले ३३ प्रतिशतले नाफामा सुधार गरेको हो । व्याज खर्चको तुलनामा व्याज आम्दानीमा सुधार देखिएको बैंकले खुद व्याज आम्दानी ३५ प्रतिशतले बढाएको छ ।  

बैंकले खुद व्याज आम्दानी एक अर्ब ७६ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्ष एक अर्ब ३० करोड रुपैयाँ थियो । बैंकले ८० अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब ५३ करोड रुपैयाँ ऋण लगानी विस्तार गरेको छ ।

बैंकले निक्षेप संकलन १३ प्रतिशतले बढाउँदा ऋण विस्तार १५ प्रतिशतले सुधार गरेको छ । बैंकको चुक्ता पूँजी ७ अर्ब ७ करोड रुपैयाँ रहेको छ । बैंकले अझै ९३ करोड रुपैयाँ जुटाउनु पर्नेछ । जगेडा कोषमा ६ अर्ब १२ करोड रुपैयाँ जम्मा भएको छ । पूँजीकोष अनुपात ०.८४ प्रतिशत विन्दुले घटेर १४.६१ प्रतिशत रहेको छ। खराव कर्जा थप ०.२२ प्रतिशत विन्दुले बढेर २.०८ प्रतिशत पुगेको छ ।

आधार व्याजदर पनि थप ०.२२ प्रतिशतले बढाएर १०.६० प्रतिशत कायम गरेको छ । प्रतिशेयर आम्दानी ३ रुपैयाँले सुधार गर्दै २० रुपैयाँ रहेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।