logo

बैंक तथा वित्तीय संस्थाले ऋणमा लिने ब्याजदर नघटाएपछि अर्थमन्त्री डा खतिवडाद्वारा सरोकारवाला सँग छलफल

    1170   पटक पढिएको

२३ माघ/ अर्थ  व्यापार - बैंक तथा वित्तीय संस्थाले ऋणमा लिने ब्याजदर नघटाएपछि अर्थमन्त्री डा युवराज खतिवडा ध्यानाकर्षित भएका छन् । उनले यसलाई समाधान गर्नको लागि सरोकारवालाई बोलाएर छलफल गरेका छन् । अर्थमन्त्री खतिवडाले मंगलबार राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपाल सहित राष्ट्र बैंकका दुईवटै डेपुटी गभर्नर निजी क्षेत्रका उद्योगी व्यवसायी तथा बैकर्स संघका अध्यक्षसँग बैंकको ब्याजदरको विषयमा छलफल गरेका थिए ।

अर्थमन्त्री खतिवडाले उच्च स्तरिय वित्तीय क्षेत्र समन्वयन समितिको बैठकमा उद्योगी व्यवसायी सहित बैंकरलाई बोलाएर छलफल गरेका हुन् । देशभरका उद्योग व्यवसायीहरु बैंकको ब्याजदर बढी भएको भन्दै आन्दोलनमा उत्रेका छन् । यसलाई उद्योग वाणिज्य महासंघ तथा निजी क्षेत्रका अन्य संस्थाले नैतिक समर्थन समेत जनाएका छन् ।

अर्थमन्त्री खतिवडाले ब्याजदर कसरी घटाउन सकिने बारेमा सहभागीलाई प्रश्न सोधेका थिए । उनले मौद्रिक नीतिको अर्थवार्षिक समिक्षामा बैंकहरुले निक्षेप र कर्जामा लिने ब्याजदरको फरकलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न समेत सुझाव दिएका थिए । अर्थमन्त्रालय र राष्ट्र बैंकको पहलमा बैंकहरुले निक्षेपमा एकल अंकको भद्र सहमति गरेका छन् । लागत घटेपनि बैंकमा ऋण दिने पैसा नभएको कारण ऋणको ब्याजदर घटेको छैन ।
ऋणको ब्याजदर नघटेको र ऋण समेत सहज रुपमा पाउन सक्ने अवस्था अहिले रहेको छैन । यस्तै अर्थमन्त्री डा खतिवडाले बैदेशिक आन्तरिक लगानी घटेको विषयमा समेत गम्भिर चासो दिएका छन् । अर्थमन्त्री खतिवडाले गभर्नर नेपाललाई बैदेशिक लगानीको स्वीकृति दिदा प्रक्रिया सहज बनाउन भनेका थिए । अघिल्लो वर्षको तुलनामा अहिले बैदेशिक लगानी घटेको छ ।

अर्थमन्त्रीले बोलाएको बैठकमा बैठकमा राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपाल डेपुटी गभर्नरद्धय चिन्तामणी शिवाकोटी, शिवराज श्रेष्ठ उद्योग सचिव यामकुमारी खतिवडा सहित अर्थमन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरे सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।