logo

एनएमबि बैंकमा ६ सञ्चालकका लागि निर्वाचन हुने, ३५% लाभांस दिने

    974   पटक पढिएको

२६ मंसिर / अर्थ र व्यापार  - एनएमबी बैंकले ६ जना सञ्चालकका लागि निर्वाचन गर्ने भएको छ। संस्थापक समुहबाट तीन र सर्वसाधारण समुहबाट तीनजना सञ्चालकको निर्वाचन गर्ने भएको हो।

बैंकले २४ औं वार्षिक साधारणसभा आगामी पुस २४ गते गर्ने भएको छ । सभामा निर्वाचन र सञ्चालक समितिले यसअघि घोषणा गरेको ३५ प्रतिशत लाभांस पेश गरिने छ । गत वर्षको नाफाबाट १४ प्रतिशत नगद लाभांस र जगेडा कोषबाट २१ प्रतिशत बोनस शेयर पारित हुने बैंकले जनाएको छ।

शेयरधनीहरूले १ अर्ब ६१ करोड रूपैयाँ नगद लाभांस प्राप्त गर्ने छन्। २१ प्रतिशत बोनस शेयर पारित भएसँगै बैंकको चुक्ता पुँजी १३ अर्ब ९५ करोड रूपैयाँ पुग्ने छ। साधारणसभा प्रयोजनका लागि पुस ४ देखि २४ गतेसम्म बुक क्लोज हुनेछ। पुस ३ गतेसम्म कायम शेयरधनीहरूले प्रस्तावित लाभांस प्राप्त गर्नुका साथै साधारणसभामा भाग लिन सक्ने छन्। 

गत आर्थिक वर्षमा बैंकले २ अर्ब २५ करोड रूपैयाँ खुद नाफा आर्जन गरेको थियो। बैंकले नगद र बोनस शेयरसहित ४ अर्ब ३ करोड रूपैयाँ लाभांस वितरण गर्नेछ। जगेडा कोषबाट बोनस शेयर दिएर बैंकले पुँजी बढाउने योजना बनाएको हो। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।