logo

आक्रमक व्यापार गर्दै एशियन लाइफ, जीवन बीमा कोषमा १९ अर्बमाथि

    949   पटक पढिएको

२३ माघ / अर्थ र व्यापार - एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म २ अर्ब २८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ३२ प्रतिशतले वृद्धि गर्न सफल भएको हो ।

जीवन बीमा कोषलाई जीवन बीमा कम्पनीहरुको महत्वपुर्ण कोषको रुपमा लिइन्छ । एशियन लाइफको जीवन बीमामा १९ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष २९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा १५ अर्ब रुपैयाँ रहेको थियो ।

२ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४७ करोड रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २६ करोड रुपैयाँ मात्र संचिती रहेको थियो ।

पुस मसान्तसम्ममा इन्स्योरेन्सले बीमालेख धितोमा १ अर्ब ९२ करोड ३४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबापत इन्स्योरेन्सले ४ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

समिक्षा अवधिसम्म कम्पनीले १२ करोड १३ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा कम्पनीको नाफा ३२० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ८९ लाख रुपैयाँ मात्र मुनाफा आर्जन गरेको थियो ।

यस अवधिसम्म कम्पनीको बीमालेख संख्या २ लाख ८३ हजार ३ सय ९५ वटा बीमालेख जारी भएको छ । प्रति शेयर आम्दानी भने १२ रुपैयाँ ७ पैसा रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।