logo

एशियन लाइफ इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता

    1163   पटक पढिएको

१३ जेठ /अर्थ र व्यापार  - एशियन लाइफ इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंकबीच हिजो आइतबार बैंकास्योरेन्ससम्बन्धी सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेल र एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले हिजो (आइतबार) बैंकास्योरेन्ससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । 

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोखरेल, कम्पनी सचिव श्याम बहादुर बोहोरा र अपरेसन प्रमुख सुमन लामिछानेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । एशियन लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ, नायव प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ र विर्तामोड शाखाका प्रमुख रितु प्रधानले संयुक्त रुपमा हस्ताक्षर गरेको छ । ग्राहकहरुले एक्सेल बैंकका ५ जिल्लामा रहेको विभिन्न ३२ शाखाहरुबाट एशियन लाइफको जीवन बिमा गर्नुका साथै यससम्बन्धी सबै सेवा प्राप्त गर्नसक्ने जनाइएको छ । 

बैंकले यसअघि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. र नेपाल लाइफ इन्स्योरेन्ससँग पनि सम्झौता गरी ग्राहकहरुलाई विमा सेवा प्रदान गरिरहेको छ । यो सगै बैंकले बैंकास्योरेन्स गरेको इन्स्योरेन्स कम्पनी संख्या तीन पुगेको छ ।   
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।