logo

अरुण फाइनान्सको नयाँ सीईओद्धारा तोकिएको पुँजी आफै पुर्याउने घोषणा

    1108   पटक पढिएको

२९ जेठ / अर्थ र व्यापार-अरुण फाइनान्स कम्पनीले विष्णु पाण्डेको रुपमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ । कम्पनीको जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले विष्णु पाण्डेलाई सीईओमा नियुक्त गरेको हो ।

नेपाल बंगलादेश बैंकबाट करियर शुरु गरेका पाण्डेले यसअघि एनआइसी एशिया बैंकमा समेत काम गरिसकेका छन् । उनीसँग बैंकिङ क्षेत्रमा १४ बर्षको अनुभव रहेको छ ।

अरु्ण फाइनान्स आफैले पुँजी जुटाएर ८० करोड चुक्ता पुँजी पुर्याउने छ । कम्पनीले पहिलो चरणमा १ बराबर १ अनुपातमा हकप्रद जारी गर्ने भएको छ ।

कम्पनीको हकप्रद धितोपत्र बोर्डमा स्वीकृतीको लागि प्रक्रियामा रहेको छ । यो हकप्रद जारी भएपछि कम्पनीको पुँजी ३० करोड रुपैयाँ पुग्ने छ । 
२०५४ सालबाट सञ्चालनमा आएको कम्पनी केही समयअघि मात्र समस्याग्रस्त अवस्थाबाट मुक्त भएको हो ।

कम्पनीमा सेयर लगानीकर्ता अम्बिका पौडेलसम्बद्ध हाथवे इन्भेष्टमेन्टले लगानी गरेसँगै नयाँ सञ्चालक तथा व्यवस्थापन समूह प्रवेश गरेको हो । हाल बजारमा कम्पनीको सेयर मुल्य २ सय रुपैयाँ मात्र रहेको छ ।

तेस्रो त्रैमासअनुसार कम्पनीको नाफा १० लाख रुपैयाँ रहेको छ । समस्याग्रस्त रहँदा २३ करोड सञ्चित नोक्सानी रहेकोमा हाल १५ करोड २८ लाखमा झरेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।