logo

अब अनुजमणि तिमिल्सिना कुमारीको नायव प्रमुख कार्यकारी

    1787   पटक पढिएको

२५ भदौ / अर्थ र व्यापार – संचालकबीच विवाद चुलिएपछि सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा दिएका अनुजमणि तिमिल्सिना कुमारी बैंक जाने भएका छन् । उनी नायव प्रमुख कार्यकारीका रुपमा कुमारी बैंक जान लागेका हुन् । सेञ्चुरी बैंकमा राजिनामाको प्रकृया सकिएपछि तिमिल्सिना त्याहाँबाट बाहिरिने छ । केही कागजी कामहरु मात्र बाँकी छ ।

सबैभन्दा कान्छो वाणिज्य बैंकको रुपमा रहेको सेञ्चुरीमा संचालक बीचको विवाद चरमोत्कर्षमा पुगेको छ । बैंक संचालनमा आउने बित्तिकैदेखि नै सञ्चालकबीच मनमुटाव सुरु भएको थियो । केही समयपछि मथ्थर भएको विवाद फेरि चर्किएको थियो । बैंकमा संचालक समितिमा दुई खेमा छन्, सोही कारण कुनैपनि काम अघि बढ्न सकेको थिएन ।

तिमिल्सिनालाई निरन्तरता दिने र नदिने विषयमा नै अहिले सञ्चालकहरु विभाजित थिए । तिमिल्सिनाको पक्षमा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, लक्ष्मणकुमार श्रेष्ठ र अभिषेक बजाचार्य थिए भने विपक्षमा उमाकुमारी श्रेष्ठ, महेशकुमार अग्रवाल, सुनिलकुमार न्यौपाने र राजेशराज दली थिए ।

विवादकै कारण बैंकका सहायक महाप्रबन्धक मनिष तिमिल्सिनाले अनुजभन्दा अगाडि नै राजीनामा दिएका थिए । डेपुटी प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र तिमिल्सिना बीच पनि विवाद थियो । सबैतिरको विवादकै कारण तिमिल्सिनाले ल्याएका व्यवसायिक प्रस्ताव बोर्डबाट स्वीरकृत हुन सकेका थिएनन् ।

तिमिल्सिनाले कुनै ठूलो व्यवसाय ल्याउँदा संचालक लगायत व्यवस्थापन समूहबाटै असहयोग हुन्थ्यो । बैंकको कुनैपनि काम अघि बढाउन कठिन भएपछि राजीनामा दिनुको विकल्प थिएन । तिमिल्सिनाले राजीनामा दिएपछि नयाँ सिइओको समेत खोजी भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।