logo

कृषि विकास बैंकद्वारा शेयरधनीलाई डिम्याट बैंक खाता अद्यावधिक गर्न आग्रह

    1100   पटक पढिएको

२७ फागुन/ अर्थ र व्यापार  - कृषि विकास बैंकले कागजी शेयर प्रमाणपत्र भएका आफ्ना शेयरधनीलाई शेयर  अभौतिकिकरण (डिम्याट) गर्न र हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको छ । बैंकले सोमबार सूचना जारी गरेर सो बताएको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश साधारण सभाबाट पारित भएपछि सिधै शेयरधनीको खातामा वितरण गर्ने भएकाले शेयर डिम्याट र बैंक खाता अद्यावधिक गराउन सूचित गरेको हो । 

सूचना मार्फत कृषि विकास बैंकले हालसम्म पनि बैंक खाता अभौतिकीकरण नगराएका शेयरधनीले हितग्राही खाता खोली आफ्नो शेयर अभौाितकीकरण गराउन आग्रह गरेको हो । सभाबाट पारित नगद लाभांश हितग्राही खातामा बैंकको खाताको विवरण अद्यावधिक गराएपछि मात्र नगद लाभांश जम्मा गरिने बैंकले स्पष्ट पारेको छ । बोनस शेयर भने नेप्सेमा सस्चीकरण पश्चात मात्र डिम्याट खातामा वितरण हुनेछ ।

बैंकले गत आर्थिक वर्ष २०७४र७५ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १५.०५३ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सहित कूल २१.०५३ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । सो लाभांश अनुमोदन गर्न बैंकले चैत्र १५ गते बैंकको केन्द्रीय तालिम केन्द्र बोडे भक्तपुरमा बाह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कृषि विकास बैंकको साधारण सभा र लाभांश प्रयोजनका लागि फागुन १६ देखि चैत १५ गतेसम्म शेयरधनी दर्ता किताब बन्द गरिसकेको छ । यसअनुसार  फागुन १५ गते गर्ने बुधबारसम्म कायम रहेका शेयरधनीले मात्र साधारण सभाबाट पारित हुने गत आर्थिक वर्षको लाभांश पाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।