logo

नेपाल ग्रामीण विकासको एफपिओ ३८.५ आवेदकले मात्र पाउने

    1198   पटक पढिएको

३ असोज / अर्थ र व्यापार – नेपाल ग्रामीण विकास बैंकले जारी गरेको एफपिओमा ३८.२५ प्रतिशत आवेदकले मात्र १० कित्ताको दरले शेयर पाउने भएका छन् । बैंकले भदौ २७ देखि ३० गतेसम्म चार दिनकालागि बिक्री आवेदन खुला गरेकोमा दुई लाख ५४ हजार ८५२ जनाको आवदेन परेको थियो । बैंकको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

बैंकको एफपिओ १० कित्ताको दरमा बाँडफाँड गर्ने हो भने जम्मा ९७ हजार ५ सय जनाले मात्र प्राप्त गर्न सक्छन् । जम्मा आवेदक दुई लाख ५४ हजारमध्ये एक लाख ९७ हजार आवेदकले शेयर नपाउने भएका छन् । बैंकले नौ करोड ७५ लाख रुपैयाँ आह्वान गरेकोमा चार दिनको अवधिमा आवेदकबाट दुई अर्ब ७४ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । 

चार दिनको अवधिमा पहिलो दिन २५ हजार ७३७ जनाको आवेदनमा ३० करोड २५ लाख रुपैयाँको आवेदन परेको थियो । त्यस्तै दोस्रो दिन ४९ हजार ७६४ जनाले ५२ करोड ५ लाख रुपैयाँको आवेदन दिएका थिए भने तेस्रो दिन ७० हजार ५३३ जनाले ७६ करोड ३८ लाख रुपैयाँको आवेदन दिएका थिए । अन्तिम दिन एक लाख ८ हजारले एक अर्ब १५ करोड रुपैयाँको आवेदन दिएका थिए ।

तोकिएको अवधिभित्र माग भन्दा बढी आवेदन परेपछि भदौ ३० गते नै आवेदन बन्द गरेको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।