logo

एभरेष्ट बैंकको साढे २ लाख कित्ता सेयर लिलामीमा

    1234   पटक पढिएको

२६ भदौ / अर्थ र व्यापार – एभरेष्ट बैंकको दुई लाख ५३ हजार ७९७ कित्ता साधारण सेयरमा आईतबारदेखि लिलामीमा आएको छ । बैंकले गत असार १८ गतेदेखि साउन २२ गतेसम्म ३३.३३ प्रतिशत हकप्रद निष्काशन गरेकोमा अवितरित भएको सेयर लिलामीमा राखेको हो ।

बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ । इच्छुक बोलपत्रदाताले न्यूनतम एक सय रुपैयाँ वा सोभन्दा बढी मूल्यमा एक सय कित्ता वा १० ले भाग जानेगरी सबै कित्ता सेयरका लागि शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

लिलामीमा आवेदन गर्ने अन्तिम म्याद असोज १ गतेसम्म रहेको छ । प्राप्त बोलपत्रहरु बोलपत्रदाता वा निजको प्रतिनिधिको उपस्थितिमा असोज २ गते बिहान १० बजे क्यापिटलको कार्यालय लाजिम्पाटमा खुला गरिने छ ।

एभरेष्ट बैंकको सेयर गत बिहीबार नेप्सेमा प्रतिकित्ता एक हजार दुई सय ७२ रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ । बैंकको गत आर्थिक वर्षमा वित्तिय विवरण अनुसार एक अर्ब ९८ करोड रुपेयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ७८ पैसा कायम गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।