logo

मेगा बैंकको २ अर्ब ९७ करोड ८५ लाखको हकप्रद सेयर बिक्रीमा 

    1118   पटक पढिएको

२७ भदौ / अर्थ र व्यापार – राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्तापूँजी पुर्याउने क्रममा हकप्रदकै बाटो रोजेको मेगा बैंकको हकप्रदमा आवेदन खुलेको छ । टुरिज्जम डेभलपमेन्ट बैंकसँग मर्जरको सम्झौता गरेको बैंकले सेयर कारोबार रोक्का भएकै अवस्थामा हकप्रद खुलाएर लगानीकर्तालाई हकप्रद भर्न बाध्य पारेको हो ।

बैंकको हकप्रदमा भदौ २७ देखि असोज ३० गतेसम्म आवेदन गर्न सकिनेछ । ०७३ माघ ६ गतेसम्म कायम रहेका शेयरधनीले हकप्रदमा आवेदन दिन पाउने छन । टुरीजम बैंकसँग मर्जर सम्झौता गरेपछि बैंकको गत माघ ९ गतेदेखि सेयर कारोबार रोक्का भएको थियो । बैंकको हकप्रद शेयरको आवेदन नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्साल, मेगा बैंकको केन्द्रीय तथा सम्पुर्ण शाखा कार्यालयहरुबाट दिन पाइने छ ।

बैंकको चुक्ता पूँजी ४ अर्ब ५८ करोड रुपैयाँ छ । ६५ प्रतिशत हकप्रदपछि चुक्ता पूँजी ७ अर्ब ५६ करोड पुग्नेछ । हकप्रद पछि अपुग पूँजी बैंकले गतबर्षको बोनसबाट पुर्याउने देखिन्छ । बैंकले गत बर्ष ७९ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो उसको जगेडा कोषमा एक अर्ब २८ करोड रुपैयाँ छ ।

टुरिजम डेभलपमेण्ट बैंकलाई गाभ्ने प्रक्रियामा रहेको मेगााको टुरिजमलाई समेत गाभ्दा चक्ुक्ता पूँजी ९ अर्ब बढी पुग्ने देखिन्छ । मेगा र टुरिजमका बिचमा सेयर स्वाप रेशियो १०० बराबर ९५ हुने गरी मर्जर सम्झौता भएको थियो । हकप्रद बिक्रीपछि मर्जरको प्रक्रिया अगाडि बढाउने योजनामा बैंक रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।