logo

१८ बिमा कम्पनीले बुझाए पुँजी वृद्धि योजना

    1934   पटक पढिएको

२६ साउन / अर्थ र व्यापार – बिमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउँन १८ बिमा कम्पनीले पुँजी वृद्धि योजना पेश गरेका छन् । बिमा समितिले २०७५ असार मसान्तसम्म निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब र जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको छ ।

१८ बिमा कम्पनीले पुँजी वृद्धिको योजना पेश गरेपनि सरकारी स्वामित्व रहेको राष्ट्रिय बिमा संस्था र राष्ट्रिय बिमा कम्पनीमा संस्थानले भने अर्थमन्त्रालयमा प्रस्ताव पठाएको र कम्पनीले भने म्याद मागेको छ । त्यस्तै, युनाइटेड इन्स्योरेन्सको २०७२–७३ को वासलात, प्राइम लाइफको २०६९ यताको वासलात स्वीकृत भएपछि मात्रै नाफा र सेयर धनिको कोष यकिन हुने भन्दै त्यसपछि मात्र समितिले योजना माग गर्ने भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको बिमा समितिले तोकेको पुँजी पुगिसकेको छ । शिखर इन्स्योरेन्सको लगभग पुँजी पुगिसकेको छ र कम हुने पुँजी बोनस सेयर जारी गरेर जुटाउने भएको छ । विदेशी संस्थाको शाखाको रुपमा रहेका मेट लाइफ, ओरियन्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सले भने असाइन्ड क्यापिटल राख्न पर्नेछ । यस्तो शाखाको हैसियतमा रहेकाले सर्वसाधारणमा सेयर जारी गर्नु पर्दैन् ।

यी कम्पनीहरुले स्थगन कर जगेडा र विशेष जगेडा बाहेकका जेगडा कोषका रकमहरु, विदेशी मुल कम्पनीलाई भुक्तानी दिनुपर्ने लाभांश दायित्व भुक्तानी नदिएर पनि तोकिएको पुँजी बराबरको रकम देखाउन पाउने भएका छन् । तर विदेशी संयुक्त लगानीका कम्पनीले भने १५ देखि ३० प्रतिशत सेयर सर्वसाधारणको लागि छुट्याउनुपर्ने व्यवस्था छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।