logo

सानिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी बढ्यो

    482   पटक पढिएको


२६ साउन/अर्थ र व्यापार – सानिमा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ ।
बैंकले गत आर्थिक वर्षमा २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २ अर्ब ३९ करोड रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानीसँगै फी तथा कमिसन आम्दानी बढ्दा नाफामा योगदान पुगेको छ ।
अघिल्लो आर्थिक वर्षमा खुद ब्याज आम्दानी ६ अर्ब १८ करोड रहेकोमा गत आर्थिक वर्ष ६ अर्ब ३५ करोड रुपैयाँ छ । यसैगरी, बैंकको लोन लस प्रोभिजन पनि बढेको छ । यस्तो रकम अघिल्लो आर्थिक वर्ष १ अर्ब ४३ करोड रहेकोमा गत आवमा १ अर्ब ८८ करोड छ ।
बैंकको प्रतिसेयर आम्दानी पहिले १७ रुपैयाँ ६५ पैसा रहेकोमा अहिले बढेर १८ रुपैयाँ ९३ पैसा पुगेको छ । बैंकको निष्क्रिय कर्जा बढेको छ । कुल कर्जामा निष्क्रिय कर्जा पहिले १ दशमलब ७२ प्रतिशत रहेकोमा अहिले ३ दशमलब ०१ प्रतिशत पुगेको छ ।
बैंकको वितरणयोग्य नाफा २ अर्ब ७८ करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा २० दशमलब ४७ रुपैयाँ हो । प्रतिसेयर नेटवर्थ १६८.८३ रुपैयाँ रहेको यस बैंकको प्रतिश सेयर मूल्य ३ सय ७५ रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।