logo

एक दशक बढी काम गरेका कर्मचारीलाई सिटिजन्स बैंक इन्टरनेसनलको ‘दीर्घ सेवा सम्मान’

    240   पटक पढिएको


१ चैत/अर्थ र व्यापार – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा अविरल १० वर्ष र १५ वर्ष काम गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान गरेको जनाएको छ । १८ वर्ष अघि २०६४ सालको ७ वैशाखमा जम्मा ४३ जना कर्मचारीबाट बैंकले विधिवत् सेवा सुरु गरेको थियो ।
१ चैतलाई बैंकले ‘कर्मचारीको दिन’(इम्प्लोएज डे) को रुपमा मनाउँदै आएको छ । सो बैंकले १८ औं वर्ष पुरा गरि १९ औं वर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा एकमहिने वार्षिक उत्सव सम्बन्धी कार्यक्रमहरु आयोजना गरिरहेको जनाएको छ ।
बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा गरेका ६१ जना र १५ वर्ष काम गरेका १८ जना गरि ७९जना कर्मचारीलाई प्रमाणपत्र सहित ‘दीर्घ सेवा सम्मान’प्रदान गरेका हुन्।
बैंकमा हाल १ हजार ८ सय कर्मचारीहरु कार्यरत रहेका छन् । सो समारोहमा पोखरेलले बैंक अहिलेको अवस्थासम्म आइपुग्नको लागि कर्मचारीको मिहिनेत,लगनशिलता, प्रतिबद्धता र जिम्मेवारीले महत्वपूर्ण भूमिका निर्वाह गरको बताएका थिए ।
उनले आगामी दिनमा पनि कर्मचारीको तर्फबाट शतप्रतिशत योगदानको विश्वास राखेका थिए । यस्तै, बैंकले २०८२ सालको क्यालेण्डर पनि सार्वजनिक गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।