logo

बैंक वित्तीय क्षेत्रका ४ संगठनको एकै आवाज, नेपालका बैंक तथा वित्तीय संस्थाहरू सुरक्षित भएको दावी

    283   पटक पढिएको


२५ माघ/अर्थ र व्यापार – नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै नेपालको बैंक तथा वित्तीय क्षेत्र सुरक्षित रहेको स्पष्ट पारेका छन् ।
संघहरूले बैंकिङ क्षेत्रमा भइरहेको केही अराजक गतिविधि र सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनीहरूका अनुसार नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी तथा अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्तहरूको पालना गर्दै बैंक तथा वित्तीय संस्थाहरूले प्रत्येक त्रैमासिक रूपमा वित्तीय विवरण सार्वजनिक गर्दै आएका छन् । यसैगरी, यी संस्थाहरू जोखिम बहन गर्ने पर्याप्त क्षमताका साथ सुरक्षित रहेको यि संघहरूको दाबी छ।
प्राकृतिक व्यक्तिका नाममा रहेको ५ लाखसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत सुरक्षित रहेको संघहरूले स्मरण गराएका छन् । संघहरूले आम नागरिकलाई सामाजिक सञ्जालमा देखिने भ्रामक र गलत टिप्पणीप्रति ध्यान नदिन आग्रह गर्दै केवल सम्बन्धित सरोकार निकायहरूले सम्प्रेषण गरेको सूचना तथा समाचारलाई मात्र आधिकारिक रूपमा लिन अनुरोध गरेका छन् ।
यसैगरी, बैंकिङ क्षेत्रमा त्रास फैलाउने, गलत अभिव्यक्ति दिने, र ग्राहकलाई बैंकिङ सेवा प्रयोगबाट वञ्चित गराउने कार्यप्रति कडा कानूनी कारबाही गर्न सरकारलाई आग्रह गरिएको छ । यसैगरी, बैंकिङ क्षेत्रमा विश्वास कायम राख्न सहयोग गर्ने सञ्चार माध्यम तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै संघहरूले आगामी दिनमा अझ सुदृढ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।