logo

दोस्रो त्रैमासमा विभिन्न वाणिज्य बैंकहरु मध्ये ११ वटाको नाफा बढ्यो, ९ वटाको घट्यो

नबिल बैंकको नाफा सबैभन्दा धेरै

    283   पटक पढिएको



७ माघ/अर्थ र व्यापार – हाल सञ्चालित विभिन्न वाणिज्य बैंकहरुले चालु आर्थिक बर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सो विवरण अनुसार विभिन्न बैंकहरु मध्ये ११ वटा वाणिज्य बैंकहरुले नाफा वृद्धि गर्न सफल भएका छन् । अन्य बाँकी ९ वटा बैंकहरुको नाफा घट्दा समग्रमा वाणिज्य बैंक क्षेत्रको नाफामा केही गिरावट आएको देखिएको छ ।
नबिल बैंकले पुस मसान्तसम्ममा ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गर्दै सबैभन्दा बढी नाफा गर्ने बैंक बन्न सफल भएको छ । यसको नाफा गत वर्षको तुलनामा १.२९ प्रतिशतले मात्र बढेको हो ।
यसैगरी, ग्लोबल आइएमई बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरि दोस्रो स्थानमा रहेको छ । सो बैंकको नाफा गत वर्षको तुलनामा ४९.५१ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा ५७ दशमलब १८ प्रतिशतले बढी हो ।
एभरेस्ट बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गर्दै गत वर्षको तुलनामा २१.११ प्रतिशतले सुधार गरेको छ । त्यसैगर,ि एनएमबि बैंकको नाफा २ अर्ब ३ करोड ५४ लाख रुपैयाँमा पुगेको छ । जुन गत वर्षको तुलनामा ४५.६१ प्रतिशतले बढी हो । प्राइम कमर्शियल बैंकले भने १ अर्ब ८६ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो १४.३४ प्रतिशतले घटेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा १ अर्ब ६४ करोड ६३ लाख रुपैयाँ पुगेको छ । यस बैंकको नाफा गत वर्षको तुलनामा ४ दशमबल ९७ प्रतिशतले घटेको छ । हिमालयन बैंकले १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गर्दै ०.९८ प्रतिशतले सुधार गरेको छ । प्रभु बैंकले भने सबैभन्दा धेरै ८५.४९ प्रतिशतले नाफा बढाउँदै १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ कमाएको छ।

सानिमा बैंकले १ अर्ब १९ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो ४.७२ प्रतिशतले वृद्धि भएको हो । लक्ष्मी सनराइज बैंकको नाफा १ अर्ब १६ करोड २० लाख रुपैयाँ पुगेको छ । यो ९.७१ प्रतिशतले वृद्धि भएको हो ।
कृषि विकास बैंकको नाफा भने ९५ करोड ७५ लाख रुपैयाँमा झरेको छ, जुन २९.३५ प्रतिशतले कम हो ।
नेपाल एसबीआई बैंकले ९० करोड २८ लाख रुपैयाँ नाफा आर्जन गर्दै ७.११ प्रतिशतको सुधार गरेको छ । माछापुच्छ्रे बैंकले ८० करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, । सो गत वर्षको तुलनामा झिनो अंक मात्रै बढी हो ।
राष्ट्रिय वाणिज्य बैंकको नाफा ७६ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ, जुन ६२.१४ प्रतिशतले घटेको छ । सिटिजन्स बैंकको नाफा ६६ करोड १८ लाख रुपैयाँमा झरेको छ, जुन १५.४५ प्रतिशतले न्युन हो । सिद्धार्थ बैंकले ५३ करोड २ लाख रुपैयाँ नाफा कमाउँदै गत वर्षको तुलनामा ५३.३६ प्रतिशतले गिरावट देखिएको छ ।
नेपाल बैंकले ४६ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन २१.८७ प्रतिशतले कम हो । कुमारी बैंकको नाफा २७ करोड ५७ लाख रुपैयाँमा झरेको छ, जुन ६८.०२ प्रतिशतले कम हो । समिक्षा अवधीमा सबैभन्दा कम नाफा आर्जन गर्ने बैंक एनआईसी एशिया बैंक रहेको छ । यस बैंकको १५ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गर्दै ९२.०३ प्रतिशतले नाफा घटेको छ ।
पुस मसान्तसम्ममा अर्ब क्लबमा ११ बैंक रहेका छन् । तीमध्ये दुई बैंकले ३ अर्बभन्दा बढी नाफा गरेका छन् भने तीन बैंकले २ अर्बभन्दा बढी नाफा गरेका छन् । बाँकी ६ बैंकको नाफा १ अर्बभन्दा बढी रहेको छ ।
यस अवधिमा बैंकहरुको कुल खुद नाफा गत वर्षको तुलनामा ४.६२ प्रतिशतले घटेर २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा बैंकहरुले २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।