logo

सेयर बजारमा उत्साह छायो, नेप्से ४५.८८ अंकले बढेर २७१५ विन्दुमा

बैंकिङ क्षेत्र सर्वाधिक बढ्यो

    270   पटक पढिएको



२६ मंसिर/अर्थ र व्यापार – यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उत्साह छाएको छ । यसअघिका ६दिन निरन्तर ओरालो लागेको सेयर बजारलाई बुधबार बैंकिङ उपसमुहको सेयर मुल्य बढेर उचालेको हो ।
यसदिन नेप्से ४५ दशमलब ८८ अंकले बढेर २७ सय १५ विन्दुमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । बुधबार कुल ५ अर्ब ५ करोड ६ लाख ५४ हजार ४५० रुपैयाँको सेयर करोबार भएको छ । अघिल्लो करोबार दिन ४ अर्ब ४१ करोडको कारोबार भएको थियो ।
यसदिन २ सय ११ वटाकम्पनीको सेयर मूल्य बढ्दा २९ वटाको घट्यो भने ३ वटाको स्थिर रहेको छ । यस दिन बैंकिङ उपसमुहको सेयर मुल्य सबैभन्दा धेरै ३ दशमलब ४३ प्रतिशतले बढेको छ ।
यसैगरी, विकास बैंक उपसमुहको १ दशमलब ६३ प्रतिशत , फाइनान्स उपसमुहको १ दशमलब ८३ प्रतिशत,होटल तथा टुरिजम उपसमुहको १ दशमलब ०५प्रतिशत , हाइड्रोपावर १ दशमलब ९६ प्रतिशत, लगानी उपसमुहको ०.७९ प्रतिशत, जीवन बीमा उपसमुहको १.०७ प्रतिशतले बढेको छ । यसैगरी, उत्पादन उपसमुहको ०.६० प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको ०.४२ प्रतिशत , निर्जीवन बीमा उपसमुहको १.०३ प्रतिशत , अन्य उपसमुहको ०.५७ प्रतिशत र व्यापार उपसमूहको १.५६ प्रतिशत बढेको छ ।
यसदिन न्यादी हाइड्रोपावरको ९.९ प्रतिशत, कुथेली बुखरी स्मल हाइड्रोपावरको ९.६ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ८.८ प्रतिशत, माथिल्लो मैलुङखोला जलविद्युतको ८.५ प्रतिशत तथा राप्ति हाइड्रोको ७.१ प्रतिशतले सेयर मूल्य बढेको छ ।
कारोबार रकमका आधारमा जानाकी फाइनान्स, रिभर फल्स पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, जोशी हाइड्रोपावर र एचआईडीसीएल क्रमशः अगाडि रहेका छन् । यस दिन बैंकिङ उपसमुहले नै सेयर बजारलाई बढाएको देखिएको छ । यसअघि धेरै समयसम्म बैंकिङ उपसमुहको सेयर मुल्य घट्दा समग्रमा नेप्से परिसूचकलाई नै प्रभाव पारेको थियो ।
यसदिन खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । जोशी हाइड्रोको ८.२ प्रतिशत, महिला लघुवित्तको ६.२ प्रतिशत र उपकार लघुवित्तको मूल्य ४.६ प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।