logo

कुमारी बैंकद्धारा बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

    292   पटक पढिएको

११ मंसिर/अर्थ र व्यापार – कुमारी बैंकले उद्यमशिलता विकास र प्रर्वधनका लागि मोरङको बेलबारी नगरपालिकामा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ‘देशैभरि, वर्षैभरि’ अभियान अन्तर्गत यो कार्यक्रम युएसएडसँगको साझेदारी र बेलबारी नगरपालिकाको समन्वयमा सम्पन्न भएको सो बैंकले जनाएको छ ।
यस बैंकले वित्तीय ज्ञान, सीप, मनोबल अभिवृद्धि, र व्यवहार विकासलाई उद्यमशिलता प्रर्वधनको आधार मान्दै, सहज र प्रभावकारी तरिकाले प्रशिक्षण सम्पन्न गरेको जनाएको छ ।

यस कार्यक्रम मार्फत सहभागीलाई वित्तीय उद्यमशिलताको महत्व, वित्तीय साक्षरता, र समकालीन प्रविधि तथा कुमारीजी एपको उपयोगबारे जानकारी गराइएको थियो ।
यसैगरी, राष्ट्रिय कलाकारको सहभागितामा तयार गरिएका सन्देशमूलक भिडियोहरू र सचेतनामूलक सामग्रीहरू पनि प्रस्तुत गरिएको थियो । यस प्रकारका प्रशिक्षणले स्थानीय उद्यमीहरूको सोच र व्यावसायिकतामा निखार ल्याई आर्थिक समृद्ध परिवार, समाज, र राष्ट्र निर्माणमा योगदान पु¥याउने अपेक्षा गरिएको सो बैंकले जनाएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले अनवरत रुपमा वित्तिय साक्षरता प्रर्वधन गर्दै आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १९ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।