logo

ज्योति विकास बैंकका ग्राहकले स्काइवाक टावरमा छुट पाउने

    251   पटक पढिएको


१३ कात्तिक/अर्थ र व्यापार – ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई काठमाडौको कमलादीस्थित स्काइवाक नेपालको टावरमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । एक कार्यक्रमकाबिच सो बैंकले कमलादीस्थित स्काइवाक नेपालद्धारा सञ्चालित टावरमा २० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो । यस सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका मार्केटिङ तथा ब्रान्डिङ विभागका प्रमुख कुशलजंग अधिकारी र स्काइवाक नेपालका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतापछि ज्योति विकास बैंकका ग्राहकले स्काइवाक नेपालको भ्यूटावर भ्रमणगर्दा टिकट शुल्कमा २० प्रतिशतसम्म आकर्षक छुट पाउनेछन् । छोटो समयमा अन्तरिक तथा बाह्य पर्यटकहरूमाझ आकर्षक पर्यटकीय भ्रमण गन्तव्य बन्न सफल स्काइवाक टावर काठमाडौंको दृश्यावलोकनका लागि धेरै अनुकुल मानिएको सो बैंकले जनाएको छ ।
ज्योति विकास बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै ग्राहकलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ ।
हालै बैंकले पोखरास्थित कुटी रिसोर्टमा बैंकका ग्राहकलाई २०प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको जनाएको छ । यसैगरी, सो बैंकले चितवनस्थित जंगल भिल्ला रिसोर्ट र मकवानपुरस्थित टिस्टुङ रिसोर्टमा पनि १५ प्रतिशतसम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता गरेको जनाएको छ ।
ज्योति विकास बैंकले संघिय राजधानी काठमाडौ उपत्यका र उपत्यकाबाहिर गरी हाल १ सय २१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर र ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।