logo

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा

    360   पटक पढिएको


११ कात्तिक/अर्थ र व्यापार – प्राइम कमर्सियल बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । आइतबार बसेको सञ्चालक समिति बैठकले सेयर धनीका लागि ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । सो लाभांश करसहित रहेको बैंकले स्पष्ट पारेको छ । ९७ करोड १ लाख रुपैयाँ बराबर लाभांश प्रदान हुने सो बैंकले जनाएको छ । यो लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई प्रदान हुनेछ ।
अघिल्लो कारोबार दिन बिहीबार सेयर बजार बन्द हुँदा यस बैंकको सेयर मूल्य प्रतिकित्ता २९० रुपैयाँ थियो । बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा पहिलेको तुलनामा ११ दशमलब ७५ प्रतिशतले बढेको हो ।
गत आवको सोही अवधिमा यस्तो नाफा १ अर्ब १५ करोड रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी १६ प्रतिशत बढेको छ । खुद ब्याज आम्दानी पहिले १ अर्ब ९९ करोड रहेकोमा चालु आवको तीन महिनामा २ अर्ब ३३ करोड रुपैयाँ छ । नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ । पहिले वार्षिक प्रतिसेयर आम्दानी २३ रुपैयाँ ७४ पैसा रहेकोमा अहिले २६ रुपैयाँ ५३ पैसा पुगेको छ । यस बैंकको प्रतिसेयर नेटवर्थ १ सय ६६ रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।