logo

ग्लोबल आईएमई बैंकले घोषणा गर्यो लाभांश

    388   पटक पढिएको


२२ असोज/अर्थ र व्यापार – ग्लोबल आईएमई बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । सोमबार साँझा बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयर धनीलाई चुक्ता पूँजीको ५ दशमलब ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
बोनस सेयरका लागि कम्पनीले कर छुट्याएको छैन । राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउने छन् । गत वर्ष कम्पनीले ८ प्रतिशत नगद र १ प्रतिशत बोनस सेयर दिएको थियो ।
सोमबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता २ सय ५३ रुपैयाँ १० पैसा थियो ।
ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८० ÷८१ को मुनाफाबाट सेयरधनीलाई ५ दशमलब ५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकले गत आवको मुनाफाबाट ५.५ प्रतिशत लाभांश (बोनस सेयर) दिने भएको निर्णय गरेको हो ।
सो प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने सो बैंकले जनाएको छ ।
ग्लोबल आईएमईसहित हालसम्म तीन वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । यसअघि एभरेस्ट र सिटिजन्स बैंकले लाभांश घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।