logo

आईएमई ग्रुप र ग्लोबल आईएमई बैंकद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ करोड प्रदान

    349   पटक पढिएको


२१ असोज/अर्थ र व्यापार – आईएमई ग्रुप,ग्लोबल आईएमई बैंक र आबद्ध कम्पनीका तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष ५ करोड रुपैयाँ राहत सहयोग रकम प्रदान गरिएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेर आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो चेक हस्तान्तरण गरेका हुन् ।
सो राहत रकम गत साता गएको बाढी, पहिरो र विपद्पछि सञ्चालित उद्धार कोषमा सहयोग भएमध्ये सबैभन्दा धेरै रकम हो । ग्लोबल आईएमई बैंकका अध्यक्ष समेत रहेका ढकालले प्रधानमन्त्री ओलीलाई सो चेक हस्तान्तरण गरेका हुन् ।
कोषमा ग्लोबल आइएमई बैंक लिमिटेडको ४ करोड ५० लाख रुपैयाँ, आईएमई लिमिटेडको २० लाख रुपैयाँ, आईजीआई प्रुडेन्सिएल इन्सोरेन्सको १५ लाख रुपैयाँ र आईएमई लाइफको १५ लाख गरी कुल ५ करोड रुपैयाँ हस्तान्तरण गरिएको आइएमई ग्रुपले जनाएको छ ।
बाढीपहिरो र डुबानका कारण मुलुकका विभिन्न स्थानमा गएको प्राकृतिक विपत्तिमा परेका नागरिकहरुको राहत र उद्धारका लागि सरकारसँग हातेमालो गर्दै यो सहायता प्रदान गरिएको बैंकका अध्यक्ष ढकालले बताए ।
चेक हस्तान्तरण कार्यक्रममा आईएमई लिमिटेडका अध्यक्ष तथा आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, आईजीआई प्रुडेन्सिएल इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ, ग्लोबल आईएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आईएमई लाइफका निमित्त प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्यलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।