logo

सिटिजन्स बैंकद्धारा ४.२१ प्रतिशत लाभांश प्रस्ताव

    300   पटक पढिएको


८असोज/अर्थ र व्यापार– सिटिजन्स बैंक इन्टरनेसनल बैंक लिमिटेडले शेयरधनीहरुलाई आर्थिक वर्ष २०८०/८१को मुनाफाबाट ४.२१ प्रतिशत लाभांश दिने भएको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लागु हुनेगरी सोमबार बसेको ४६३औं सञ्चालक समितिको बैठकले सो लाभांश स्वीकृत गरेको सो बैंकले जनाएको छ ।
बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आव २०८०/८१ को वितरण योग्य मुनाफाबाट गत असारमसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँको ४ प्रतिशतले हुने ५६ करोड ८० लाख ३८ हजार ९ सय ६० रुपैयाँ बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२१ प्रतिशतले हुने २ करोड ९८ लाख ९६ हजार ७ सय ८७ रुपैयाँ सहित जम्मा ५९ करोड ७९ लाख ३५ हजार ७ सय ४७ रुपैयाँ दिने प्रस्ताव गरिएको छ ।
सो प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई प्रस्तावित लाभांश वितरण गरिने सो बैंकले जानकारी दिएको छ ।
७ बैहाख २०६४ सालबाट कारोवार सञ्चालन गरि विगत १८ वर्ष देखि वित्तीय सेवा प्रदान गर्दै आइरहेको सिटिजन्स बैंकले सर्वसाधारणलाई शेयर जारी गरेको आर्थिक वर्ष २०६५÷६६ देखि नै शेयरधनीहरुलाई निरन्तर लाभांश वितरण गर्न सफल भएकोे सो बैंकले जनाएको छ ।
सो बैंकका अनुसार आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०८०/८१ सम्मको औषत लाभांश दर ११.५६ प्रतिशत रहेको छ भने प्रस्तावित लाभांश सहित पछिल्लो १० वर्षको औषत लाभांश दर १२ दशमलब १० प्रतिशत रहेको छ । यस बैंकले देशैभर ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट करिव १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।