logo

कुमारी बैंकले क्यूआर कारोबारकै धितोमा कर्जा दिने, उद्यमशीलता प्रवर्धनको लक्ष्य

    312   पटक पढिएको


१७ भदौ/अर्थ र व्यापार – कुमारी बैंकले उद्यमशीलता प्रवर्धनका लागि क्यूआर कारोबारकै धितोमा कर्जा दिने भएको छ। बैंकले हाल ‘देशैभरी वर्षैभरी’ उद्यमी केन्द्रित वित्तीय साक्षरताकार्यक्रम सञ्चालन गरिरहेको छ।
जसमा साना उद्यमीहरुलाई वित्तीय सबलता प्रदान गर्ने हेतुले क्यूआर कारोबारकै धितोमा क्युआर मर्चेन्ट फोनलोन सुविधा सञ्चालन गरिहेको सो बैंकले जनाएको छ । यस योजनाअन्तर्गत उद्यमीहरुले आफ्ना नजिक रहेका कुमारी बैंकका शाखाहरुमा आफ्ना व्यावसायको खाता खोलेर क्यूआरमार्फत यो सेवा लिन सक्नेछन्।
त्यसका लागि प्रति हप्ता कम्तीमा दुई व्यावसायिक कारोबारहरु लगातार ४ हप्ता भई मासिक कम्तीमा १० हजार रुपैयाँ बराबरको कारोबार उक्त बैंक खातामा हुनुपर्नेछ। त्यसो भएमा उद्यमीहरुले दुई लाख सम्मको कर्जा कुनै पनि कागजात वा धितो बिना नै कुमारी बैंकको मोबाइल बैकिङ एप प्रयोग गरि सहजै लिन सक्ने बैंकले जनाएको छ।
यसरी लिएको कर्जाको भुक्तानीको तरिका समेत उक्त एप मार्फत नै जानकारी लिन सकिने छ। यो सेवाबाट साना उद्यमीहरु सहजै औपचारिक वित्तीय संयन्त्रमा आकर्षित हुने र उनीहरुको उद्यमशीलता प्रवर्धनमा टेवा पुग्ने विश्वास लिएको सो बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।