logo

कुमारी बैंकको प्रर्वद्धनमा सञ्चालित तीन म्युचुअल फण्डको लाभांश घोषणा

    363   पटक पढिएको


११ भदौ/अर्थ र व्यापार – कुमारी बैंकको कोष प्रर्वद्धनमा सञ्चालन भएका म्युचुअल फण्डका तीन योजनाले इकाइधनीलाई लाभांश घोषणा गरेका छन् ।
कुमारी धनवृद्धि योजनाबाट इकाइधनीले करसहित ९.५० प्रतिशत नगद लाभांश पाउने भएका छन् । सो लाभांशस्वरुप ११ करोड ६३ लाख रुपैयाँ रकम इकाइधनीलाई प्रदान गरिने योजना व्यवस्थापक कुमारी क्यापिटलले जनाएको छ ।
यसैगरी, अर्को योजना कुमारी इक्वीटी फण्डले पनि इकाइधनीलाई ९.५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । यस योजनाको लाभांश अन्तर्गत ९ करोड ५० लाख रुपैयाँ इकाइधनीलाई वितरण गरिने क्यापिटलले जनाएको छ ।
अर्को कुमारी सुनौलो लगानी योजनाका इकाइधनीले १०.५० प्रतिशत नगद लाभांश पाउने भएका छन् । १० भदौसम्म कायम इकाइधनीले यो लाभांश पाउने छन् । म्युचुअल फण्डले प्रदान गर्ने नगद लाभांश इकाइधनीले सिधै बैंकखातामा पाउने छन् ।
म्युचुअल फण्डको प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्य रहन्छ । प्रतिइकाइ १० रुपैयाँमै उनीहरुले लाभांश दिने हुन् । उदाहरणकालागि यदि कुनै म्युचुअल फण्डले १२ प्रतिशत लाभांश घोषणा गरेको छ भने उसले दिने लाभांश १० को १२ प्रतिशत अर्थात् प्रतिइकाइ १ रुपैयाँ २० पैसा हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।