logo

नबिल बैंकले एकसाथ पायो ४ अवार्ड, तीनवटा अन्तर्राष्ट्रिय र एउटा राष्ट्रिय

    365   पटक पढिएको


८ साउन /अर्थ र व्यापार – नबिल बैंकले एकसाथ ४ वटा अवार्ड प्राप्त गरेको छ। बैंकले स्थापनाको तीनवटा अन्तर्राष्ट्रिय र एउटा राष्ट्रिय अवार्ड पाएको हो।
बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)बाट वाणिज्य बैंकतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड पाएको छ । यो अवार्ड बैंकले आर्थिक वर्ष २०२२÷२३ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा पाएको हो।
वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनलाई सम्मान गर्दै आइक्यानले अवार्ड दिएको हो। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले काठमाडौंमा एक समारोहबीच अवार्ड हस्तान्तरण गरे। नायब प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त तथा योजना विभाग प्रमुख सन्दीपबाबु पौडेलले अवार्ड ग्रहण गरेको सो बैंकले जनाएको छ ।
बैंकले बेलायतको ग्लोबल ब्राण्ड्स म्यागेजिनबाट यस वर्षको वेस्ट कमर्सियल बैंकिङ ब्राण्ड अवार्ड नेपाल प्राप्त गरेको छ। यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्स अन्तर्गत नेपालको बेस्ट बैंक फर कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी (सीएसआर) प्राप्त गरेको छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत देशमा पु¥याएको योगदानको कदरस्वरुप बैंकले यो अवार्ड हासिल गरेको हो । युरोमनी अवार्ड फर एक्सिलेन्स अन्तर्गत नै बैंकले बेस्ट बैंक फर एसएमइजतर्फ अवार्ड पनि पाएको छ । यो विश्व बैंकिङ क्षेत्रमा सुरु गरिएको पहिलो अवार्ड हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले नवीन प्रयोग र ग्राहकको सुविधामा ध्यान दिएबापत अवार्ड पाउन सफल भएको बताए। ‘बैंकले नवीनतम कामका लागि देखाएको प्रतिबद्धता, सामाजिक उतरदायित्वअन्तर्गत पु¥याएको योगदान, गुणस्तरीय ब्राण्डिङ र साना तथा मझौला व्यवसाय विस्तारमा गरेको प्रदर्शनले अवार्ड पाउँदा हामीलाई थप उर्जा मिलेको छ,’ ढुंगानाले भने।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।