logo

सात महिनामा वाणिज्य बैंकहरुमा साढे ३ खर्ब निक्षेप थपियो

    398   पटक पढिएको


१५ चैत/अर्थ र व्यापार – चालु आर्थिक वर्षको पछिल्लो ७ महिनामा वाणिज्य बैंकहरुमा ३ खर्ब ५६ अर्ब ९० करोड रुपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको विवरण अनुसार चालु वर्ष माघ मसान्तसम्म २० मध्ये १६ बैंकले निक्षेप बढाउँदा ४ बैंकको निक्षेप भने खुम्चिएको छ।
असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ५० खर्ब ८६ अर्ब रहेकामा माघसम्म आइपुग्दा ५४ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ।
७ महिनामा एनआईसी एशिया बैंकले सबैभन्दा धेरै ५३ अर्ब ३६ अर्ब निक्षेप बढाएको छ। गत असार मसान्तसम्म एनआईसी एशिया बैंकको कुल निक्षेप ३ खर्ब १४ अर्ब रहेकामा माघमा आइपुग्दा ३ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ।
यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा ४१ अर्ब ९६ करोड, नबिल बैंकमा ३५ अर्ब ५० करोड र कृषि विकास बैंकमा २८ अर्ब ९१ करोड रुपैयाँ निक्षेप थपिएको छ।
निक्षेप माघसम्म नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ खर्ब ७५ करोड, नबिलको ४ खर्ब ३८ अर्ब र कृषि विकासको २ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ।
यस अवधिमा सबैभन्दा कम निक्षेप संकलन गर्ने बैंक कुमारी हो। कुमारी बैंकले ७ महिनामा ५ अर्ब ७८ करोड निक्षेप बढाएको छ। माघसम्म कुमारीसँग कुल ३ खर्ब ३२ अर्ब निक्षेप छ।
सबैभन्दा धेरै निक्षेप हुने बैक ग्लोबल आइएमई हो। यो बैंकसँग माघसम्म ४ अर्ब ६८ अर्ब रुपैयाँ निक्षेप छ। त्यसमध्ये २९ अर्ब ५१ करोड रुपैयाँ सात महिनामा थपिएको हो।
बैंकहरुले निक्षेपको ब्याजदर निरन्तर घटाइरहेपनि बजारमा कर्जाको माग नबढ्दा बैंकमा पैसा थुप्रिन पुगेको हो । निक्षेप थुप्रिएर कर्जा प्रवाह खुम्चिंदा बैंकहरुको लागत बढ्न थालेको छ। ७ महिनामा वाणिज्य बैंकहरुले १ खर्ब ८५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यो रकम निक्षेप संकलनको तुलनामा झन्डै आधा हो।
गत असार मसान्तको तुलनामा माघ मसान्तमा स्टान्डर्ड चार्टर्ड, सिद्धार्थ, माछापुच्छ्रे र प्रभु बैंकको भने निक्षेप घटेको छ । प्रभुको ७ अर्ब ५ करोड, माछापुच्छ्रेको ४ अर्ब २४ करोड, सिद्धार्थको ३ अर्ब ५२ करोड र स्टान्डर्ड चार्टर्डको ३ अर्ब ३५ करोड रुपैयाँ निक्षेप खुम्चिएको हो।
यसैगरी, समिक्षा अवधीमा स्टान्डर्ड चार्टर्ड सबैभन्दा कम निक्षेप हुने बैंक हो। यो बैंकसँग माघसम्म १ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।