logo

इन्भेष्टमेन्ट मेगा बैंकले जित्यो आरबीबीएल–इसान कप

    374   पटक पढिएको


५ चैत/अर्थ र व्यापार – नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले आरबीबीएल–इसान कप तेश्रो फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
राष्ट्रिय वाणिज्य बैंक (आरबीबीएल)को मुख्य प्रायोजनमा कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान)ले गरेको प्रतियोगिताको फाइनलमा एनआईएमबीले नेपाल आयल निगमलाई २–० गोलले पराजित ग¥यो।
एनआईएमबीको जितमा दुवै गोल सुलभ थापाले गरे। उपाधिसँगै एनआईएमबीले ५० हजार रुपैयाँ पुरस्कार पायो। आयल निगमले ३० हजार रुपैयाँ प्राप्त ग¥यो। आयल निगम फाइनलमा पराजित भएको यो लगातार दोश्रोपटक हो। दोस्रो संस्करणको फाइनलमा आयल निगम नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पराजित भएको थियो। पहिलो संस्करणको उपाधि एभरेष्ट बैंकले जितेको थियो।
सोल्टीमोडस्थित चैत्य फुटसलमा भएको प्रतियोगितामा नेपाल बैंक लिमिटेड तेस्रो भयो। नेपाल बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई २–० गोलले हरायो। रञ्जन बराल र सुदीप सुवेदीले १/१ गोल गरे। नेपाल बैंकले २० हजार रुपैयाँ पुरस्कार पायो।
प्रतियोगितामा एनआईएमबीका सुलभ थापा सर्वाधिक गोलकर्ता बने। उनले ९ गोल गरेका थिए। एनआईएमबीकै सगुनकुमार मोक्तान उत्कृष्ट गोलरक्षक घोषित भए। राष्ट्रिय वाणिज्य बैंकले अनुशासित टिमको पुरस्कार पायो।
विजेतालाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी, राष्ट्रिय वाणिज्य बैंकका नायब कार्यकारी प्रमुख देवेन्द्र रमण खनाल, इसानका अध्यक्ष रामविनय श्रेष्ठ लगायतले एक परस्कार रकम प्रदान गरे।
तीनदिने प्रतियोगितामा विभिन्न १६ संस्थाका १८ टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।