logo

हिमालयन बैंकको गोंगबु शाखा हात्तीगौंडामा स्थानान्तरण

    365   पटक पढिएको


३० फागुन/अर्थ र व्यपार – हिमालयन बैंक लिमिटेडले गोंगबु शाखालाई बूढानीलकण्ठस्थित हात्तीगौंडामा स्थानान्तरण गरेको छ ।
सिभिल बैंकलाई प्राप्ति गरेसँगै नजिकका शाखा सञ्जालहरुलाई अन्यत्र स्थानन्तरण गर्ने क्रममा सो शाखालाई हात्तीगौंडा स्थानन्तरण गरिएको सो बैंकले जनाएको छ ।
गत २७ फागुनमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले सो शाखाको उद्घाटन गरेका हुन् । यसैगरी, बैंकको कावासोती शाखालाई पनि नवलपुरको गोछडामा स्थानान्तरण गरिएको बैंकले जनाएको छ । सो शाखाबाट पनि गत २७ फागुनदेखि नै ग्राहकलाई सेवा प्रवाह गरिएको बैंकले जनाएको छ ।
देशभरि जम्मा १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६ हजार ५०० भन्दा बढी पीओएस टर्मिनल्स र १७ हजार भन्दा बढी विप्रेसन भुक्तानी केन्द्रहरुबाट ग्राहकहरुलाई विभिन्न बंैकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।