logo

दुईजना पूर्व सिईओ सहित ११ जना पक्राउ परेपछि बैंकर्स संघको आकस्मिक बैठक: सबै बैंकर आतंकित, प्रहरीले कुरो नबुझेको निष्कर्ष

    666   पटक पढिएको


१६ फागुन/अर्थ र व्यापार – ओभर भ्यालुएसन गरेर ऋण दिएको भन्दै प्रहरीले बहालवाला र पूर्व बैंकर सहित ११ जनालाई पक्राउ गरेपछि बसेको बैंकर्स संघको आकस्कि बैठकले ‘बैंकिङ नम्स बुझाइमा कमजोरी भएको निष्कर्ष निकालेको छ।
मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतहरु तुलसीराम गौतम, मनोज न्यौपानेसहित १० जना बैंकरलाई समातेको थियो।
निक्षेपकर्ताको बचत रकम नै दुरुपयोग गरि सहकारी डुबाउने रवीन्द्र चौलागाईंको अनुसन्धान गरिरहेको सिआईबी ब्यूरोले उनको कम्पनीमा ऋण दिएको भन्दै बैंकरलाई समेत समातेको थियो ।
अहिले उनीहरुमाथि अनुसन्धान गर्न अदालतले सात दिनको समय दिएको छ। बैंकर पक्राउ परेपछि छाता संगठन संघले बुधबार बिहान आकस्मिक बैठक डाकेको थियो । सो बैठकमा २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत ÷प्रतिनिधि सहभागी थिए । उनीहरुले सिआइबी ब्यूरोका अधिकृतसँग भेटेर बैंकिङ कसरी चल्छ भनेर बुझाउने निर्णय समेत गरेका छन्।
बैंकहरुले धितोबाहेक परियोजना, बिजनेस, नगद प्रवाह लगायत थुप्रै आधारहरु हेरेर राष्ट्र बैंकको नियमभित्र रही ऋण दिने गरेको बताउने गरेका छन्। बैंकर्स संघको सो बैठकमा प्रहरी र सरकारको आलोचना भएको थियो। बैठकमा उपस्थित बैंकरहरु आतंकित देखिएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।