logo

एनआईसी एसिया बैंकको नाफा ४१ प्रतिशतले घट्यो

    441   पटक पढिएको


७ माघ/अर्थ र व्यापार – एनआईसी एसिया बैंकको नाफामा ४१ प्रतिशतको गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि पुस मसान्तसम्म खुद नाफा एक अर्ब ९० करोड ३८ लाख रुपैयाँ छ ।
गत वर्षको यस अवधिमा यस्तो नाफा तीन अर्ब २७ करोड ३३ लाख रुपैयाँ थियो । बैंकको मुख्य बिजनेस खुद ब्याज आम्दानी घट्नु र लोन लस प्रोभिजन बढ्नुले नाफा घटेको सो बैंकको वित्तिय विवरणले देखाएको छ ।
बैंकको खुद ब्याज आम्दानी गत वर्षको दोस्रो त्रैमासमा ६ अर्ब १६ करोड रुपैयाँ रहेकोमा अहिले पाँच अर्ब ५४ करोड रुपैयाँमा खुम्चिएको छ ।
यस बैंकको लोन लस प्रोभिजन ४८ करोड रुपैयाँ छ । जबकि गत वर्षको दोस्रो त्रैमासमा बैंकले ४७ करोड ९६ लाख रुपैयाँ ‘राइट ब्याक’ गरेको थियो । बैंकको वार्षिक प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५९ पैसा छ । गत वर्षको यस अवधिमा ५६ रुपैयाँ ७७ पैसा थियो ।
बैंकको निष्क्रिय कर्जा कुल कर्जामा १.१९ प्रतिशत छ । गत वर्षको दोस्रो त्रैमासमा यस्तो कर्जा ०.६१ प्रतिशत मात्रै थियो । त्यस्तै बैंकको सीडी रेसियो गत वर्षको पुस मसान्तसम्म ८३ प्रतिशत रहेकोमा अहिलेको पुस मसान्तसम्म ७७ प्रतिशतमा झरेको छ ।
सोहीं अवधिमा बैंकको आधार दर ११ प्रतिशतबाट ९.६८ प्रतिशतमा झरेको छ । बैंकको औसत ब्याजदर अन्तर (स्प्रेडदर) ३.९९ प्रतिशत छ । पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा भने ५९ करोड २२ लाख रुपैयाँ ऋणात्मक छ ।
बैंकले यसअघि मर्जर तथा प्राप्तिमा पाएको बार्गेन पर्चेज गेनवापत सरकारलाई ४४ करोड ४५ लाख रुपैयाँ बुझाउँदा पनि वितरणयोग्य नाफामा असर परेको देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।