logo

बैंकर्स संघको कार्यसमितिमा पाँच सदस्य निर्वाचित, अशोक शेरचनदेखि विभिन्न बैंकका सिईओ थपिए

    560   पटक पढिएको


८ पुस/अर्थ र व्यापार – नेपाल बैंकर्स संघको कार्यसमितिमा ५ जना सदस्य निर्वाचित भएका छन् ।  संघको ३७ औं बार्षिक साधारणसभाले विभिन्न ५ बैंकका सीईओहरुलाई कार्यसमिति सदस्यमा निर्वाचत गरेको हो ।
संघको शनिबार सम्पन्न साधारण सभाले सदस्यहरूमा प्रभु बैंकका सीईओ अशोक शेरचन, प्राईम कमर्सियल बैकका सीईओ सन्जिव मानन्धर, सानिमा बैंकका सीईओ निश्चलराज पाण्डे, राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरण श्रेष्ठ र सिद्वार्थ बैंकका सीईओ सुन्दर कँडेलचयन भई थपिएका हुन ।
सो साधारण सभामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीहरूले उद्योग व्यवसाय संचालनभन्दा पनि कागजमा व्यवसाय देखाएर कर्जा लिएका कारण समस्या सिर्जना भएको बताए ।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले जग्गाको हदबन्दीका कारण बैंकहरुलाई एनबिए ब्यवस्थापनमा समस्या आएको बताए । संघको ३७ औं साधारणसभामा संघका अध्यक्ष केसीले पछिल्लो समय मालपोत कार्यालयहरुले बैंकहरुलाई पनि जमीनको हदबन्दी लाग्ने भन्दै पत्र काट्न थालेको र त्यसले बैकिङ क्षेत्रमा थप समस्या उत्पन्न गरेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।