logo

एभरेष्ट बैंक र ओम हस्पिटलबीच सहकार्य सम्झौता‚ बैंकका ग्राहकलाई सेवा शुल्कमा १०% छुट

    642   पटक पढिएको


२७ भदौ/अर्थ र व्यापार – एभरेष्ट बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबिच बैंकका ग्राहकलाई अस्पतालको सेवासुविधाका शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
बैंकको केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार बैंकका ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा तिनका पारिवारले उपचार सेवा लिँदा अन्तरंग सेवा रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापी लगायतका सेवाहरुमा १० प्रतिशतसम्म र दन्त सेवामा ५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
चाबहिलस्थित अस्पताल निजी क्षेत्रबाट तीन दशकदेखि सञ्चालित स्वास्थ्य सेवा प्रदायक संस्था हो। अस्पतालमा आकस्मिकदेखि सघन उपचारलगायत अन्य ३७ भन्दा बढी विषयमा उपचारसँगै विशेषज्ञ सेवा दिँदै आएको सो बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
यस्तै एभरेष्ट बैंकका १२७ शाखामा १३ लाखभन्दा बढी ग्राहक छन्। बैंकले ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटीएमसहित अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको छ।
सम्झौता हस्ताक्षर समारोहमा एभरेष्ट बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका व्यापार प्रवर्धन प्रबन्धक विनोद अधिकारीको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।