logo

प्रभु बैंकको १४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    698   पटक पढिएको

२२ भदौ/अर्थ र व्यापार – प्रभु बैंकको १४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ। बैंकका विद्यमान संस्थापकले सो सेयर बिक्री गर्न निवेदन दिएका हुन्।
हाल सेयर कायम संस्थापकहरुलाई नै बिक्री गरिने बैंकले जनाएको छ। इच्छुक संस्थापकहरुलाई प्राथमिकता दिएर बैंकले शुक्रबार ३५ दिने सूचना जारी गरेको हो।
सो अवधिमा खरिद गर्न इच्छुकले कति कित्ता के मूल्यमा किन्न चाहेको हो, निवेदन पेश गर्न आग्रह गरिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बैंकको संस्थापक सेयर पछिल्लो पटक १११ रुपैयाँमा किनबेच भएको थियो।
तोकिएको मितिसम्म सेयर बिक्री नभए कायम संस्थापक बाहेक अन्य संस्था अथवा व्यक्तिलाई बोलकबोल गरि सेयर बिक्री गरिनेछ । १५ जना संस्थापकले जम्माजम्मी १४ लाख १६ हजार ७६३ कित्ता सेयर बिक्री गर्दैछन्।
जसमध्ये बिनिता अधिकारीले मात्रै ८ लाख ७५ हजार ८७० कित्ता बिक्री गर्न निवेदन दिएकि छिन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।