logo

सिटिजन्स बैंकको नाफा बढ्यो

    476   पटक पढिएको


१२ असार/अर्थ र व्यापार – निष्क्रिय कर्जा बढेर सम्भावित कर्जा नोक्सानीका लागि गरेको प्रोभिजनिङ रकम बढ्दा पनि सिटिजन्स बैंकको नाफा बढेको छ । खुद ब्याज आम्दानीमा भएको वृद्धिले बैंकको नाफामा बढोत्तरी भएको हो ।
शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार यस बैंकले २ अर्ब २१ करोड ४४ लाख २५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा १०.४१ प्रतिशले बढी हो ।

यस बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ५६ लाख ११ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकको आम्दानीको स्रोत खुद ब्याज आम्दानी १७.३० प्रतिशतले वृद्धि भएर ५ अर्ब ८५ करोड ७२ लाख ७५ हजार रुपैयाँ पुगेको छ ।
यसैगरि, बैंकको कुल सञ्चालन आम्दानी १०.७९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९३ करोड ९८ लाख ३९ हजार पुगेको छ । बैंकको आम्दानीमा वृद्धि भए पनि सम्भावित कर्जा नोक्सानी बापतको व्यवस्थाका लागि ७३ करोड ३ लाख ४ हजार रुपैयाँ छुट्याएको छ । अघिल्लो आर्थिक वर्षमा ५५ करोड २५ लाख २० हजार छुट्याएको थियो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा १३.४३ प्रतिशतले बढाएर गत आर्थिक वर्षम बैंकले ३ अर्ब ७ करोड २७ लाख १ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको हो । बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ७० करोड ९२ लाख ५३ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्षमा चुक्ता पूँजी नबढाएकाले १४ अर्ब २० करोड ९ लाख ७४ हजार रहेको बैंकको जगेडा कोष २४.५१ प्रतिशतले वृद्धि भएर ६ अर्ब ७ करोड ४७ लाख ९६ हजार पुगेको छ । यस्तै, सञ्चित नाफा २१.९८ प्रतिशतले घटेर १ अर्ब ३ करोड ७२ लाख ७७ हजारमा झरेको छ ।

गत आर्थिक वर्षमा बैंकले आर्जन गरेको मुनाफाबाट साधारण जगेडा कोषमा ४४ करोड २८ लाख ८५ हजार छुट्याएको छ । यस्तै ऋणपत्रको क्यापिटल रिडम्सन रिजर्भका लागि २७ करोड ७७ लाख ७८ हजार छुट्याएको छ । रेगुलेटरी रिजर्भमा उठ्न नसकेको ब्याज ३३ करोड ८८ लाख ५६ हजार छ । संस्थागत सामाजिक उत्तरदायित्व कोषलगायत अन्य रेगुलेटरी व्यवस्था पनि बैंकको वितरणयोग्य नाफा भने ९८ करोड ६० लाख ७४ हजार रुपैयाँ रहेको छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी १४ रुपैयाा १२ पैसाबाट बढेर १५ रुपैयाँ ५९ पैसा पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ८ पैसा र मूल्य आम्दानी अनुपात ११.१० गुणा रहेको छ ।

असार मसान्तमा बैंकको निष्क्रिय कर्जा अघिल्लो वर्षको २.२२ प्रतिशतबाट बढेर ३.१९ प्रतिशत पुगेको छ । यस्तै पूँजीकोष अनुपात १२.६९ प्रतिशतबाट १२.३२ प्रतिशतमा झरेको छ । यसैगरि, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५.२० प्रतिशतबाट ८२.४० प्रतिशतमा झरेको छ । असार मसान्तमा बैंकको आधार दर १०.५१ प्रतिशत र स्प्रेड दर ४ प्रतिशत छ । अघिल्लो आवको अन्तिममा बैंकको आधार दर १०.०९ प्रतिशत र स्प्रेड दर ४.२५ प्रतिशत थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।