logo

विद्युतीय भुक्तानी गर्दा सजगता अपनाउन राष्ट्र बैंकको आग्रह

    506   पटक पढिएको

३२ जेठ/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी गर्ने क्रममा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । पछिल्लो समय अनधिकृत व्यक्तिहरुले आफू बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकको कर्मचारी भएको भन्दै ग्राहकहरुलाई ठगिरहेको घटना दोहोरिरहेको भन्दै विद्युतीय भुक्तानी गर्ने समयमा सतर्क रहन राष्ट्र बैंकले सर्वसाधारणलाई यस्तो आग्रह गरेको हो।

आफू बैंक तथा वित्तीय संस्थाको कर्मचारी भएको बताउँदै केही व्यत्तिहरुले ग्राहक पहिचान सम्बन्धी विवरण (केवाइसी) अद्यावधिक गर्न ग्राहकको मोबाइलमा आउने वान टाइम पासवर्ड (ओटिपी) तथा निश्चित अंकको नम्बर उल्लेख भएको म्यासेज लगायतका विवरण माग्ने गरेको घटना आइरहेका छन् ।
यसरी अनधिकृत व्यक्तिले ग्राहकको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ र कनेक्ट आईपिएस र वालेट जस्ता विद्युतीय भुक्तानीका साधनको पासवर्ड रिसेट गरी ग्राहकको खातामा आफ्नो पहुँच पु¥याई ग्राहकको खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्था एवं वालेटहरुमा रकमान्तर गर्ने प्रवृत्ति बढ्दै गएको राष्ट्र बैंकले जनाएको छ ।

यस्ता ठगीबाट जोगिनका लागि कुनै पनि परिचित तथा अपरिचित व्यक्तिले माग गरेको कुनै पनि सूचनाहरु उपलब्ध नगर्न र नगराउनका लागि राष्ट्र बैंकले सबैलाई यस्तो आग्रह गरेको हो । यसैगरि, राष्ट्र बैंकले कसैले यस प्रकारका घटना घटाएमा वा घटाउनका लागि उत्प्रेरित गरेमा सो घटनाको जानकारी तत्कालै सम्बन्धित सेवा प्रदायक संस्था तथा यस बैंकको वित्तीय ग्राहक संरक्षण पोर्टलमा दर्ता गराउन बैंकले आग्रह गरेको छ ।
यसका साथै, भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्थाहरुले यस्ता गतिविधिहरुलाई सुक्ष्म रुपमा निगरानी गर्न समेत राष्ट्र बैंकले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।