logo

बैशाखदेखि बैंकको ब्याज ९.९ प्रतिशत कायम गर्ने सहमति, संस्थागतको ६ प्रतिशत गर्ने प्रयास

    726   पटक पढिएको

२८ चैत/अर्थ र व्यापार – बैशाखदेखि बैंकको ब्याज ९.९ प्रतिशत कायम गर्ने सहमति भएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरसँग गरेको भेटमा बैंकको निक्षेपको ब्याजदर घटाएर ९.९ प्रतिशतमा झार्ने सहमति भएको हो ।
यस सहमतीसँगै मंगलबार सिविफिनले आयोजना गरेको पत्रकार सम्मेलनमा सिविफिनका बरिष्ठ अध्यक्ष भोजबहादुर थापाले अर्थमन्त्री र गभर्नरले अब ब्याजदरलाई ९.९ प्रतिशतमा व्यवस्थापन गर्ने प्रतिबद्धता गरेको बताए ।
सिविफिनका अध्यक्ष पवन गोल्यानले पनि बैशाखदेखि निक्षेपको व्याजदर घट्ने बताए । ‘भारतमा ६ प्रतिशत ब्याजदर छ, नेपालमा ११ प्रतिशत छ, हामीले ९.९ प्रतिशत हुनुपर्ने माग राखेका छौं, अहिले ब्याज बढी भएपनि निक्षेप बढेको छैन, थप प्रष्ट पार्दै उनले भने, ‘बैशाखदेखि ९.९ प्रतिशत हुन्छ, जेठपछि ८ प्रतिशत हुन्छ ।’
उनका अनुसार बैशाखदेखि संस्थागतको ब्याजदर ६ प्रतिशत हुने छ । यससँगै निक्षेपको ब्याजदर घटेपछि कर्जाको पनि घट्ने र ऋणीलाई राहत हुने उनले जानकारि दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।