logo

एभरेष्ट बैंकले सस्तो दरमा अटो लोन दिने

    641   पटक पढिएको


५ चैत/अर्थ र व्यापार – एभरेष्ट बैंकले अबदेखि इन्धन गाडी खरिद गर्न पनि सस्तो दरमा सजिलै सस्तो ऋण उपलब्ध गराउने भएको छ । जसका लागि शुक्रबार प्युजो र सिट्रोन गाडीको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स र एभरेष्ट बैंकबिच इन्धन गाडी खरिद गर्ने ग्राहकलाई सस्तो दरमा ऋण उपलब्ध गराउने सम्झौता भएको छ ।
सो सम्झौता पत्रमा बैंकका उपमहाप्रबन्धक गौरव कुमार र सांग्रिला मोटर्स प्रालिका सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार अब प्युजो र सिट्रोनका गाडीहरु खरिद गर्ने ग्राहकलाई एभरेष्ट बैंकका सबै शाखाहरूबाट सुलभ ऋण सुविधाहरू सजिलै उपलब्ध हुने सो बैंकले जनाएको छ । बैंकको देशभर रहेका १२४ शाखाबाट नै कर्जा सुविधा ग्राहकले लिन सक्ने सो बैंकले जानकारि गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।