logo

बैंक वित्तीय/संस्थाप्रति नकारात्मक टिप्पणी गरेको भन्दै बैकरहरुको चार संस्थाले जनाए आपत्ति

    654   पटक पढिएको

१८ फागुन/अर्थ र व्यापार – पछिल्लो समय केहि व्यक्ति तथा समुहबाट बैंक वित्तीय/संस्थाहरुप्रति भईरहेको नकारात्मक टिप्पणी र आन्दोलनप्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको भन्दै बैकरहरुका विभिन्न चारवटा संस्थाले आपत्ति जनाएका छन ।
यि चारवटा संस्थाहरुले बैंक/वित्तीय संस्था तथा लघुवित्त संस्थाहरु बिरुद्ध कानून आफ्नो हातमा लिई हुने अराजक घटनाप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियशन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले बिहीबार संयुक्त रुपमा विज्ञप्ति जारि गरी यस्तो आपत्ति जनाएका हुन ।
उनीहरुले आफूहरु बिरुद्धका नकारात्मक टिप्पणी,कर्मचारीहरु हतोत्साही हुने गरी दिइएको धम्कीपूर्ण अभिव्यक्ति र अराजक व्यवहार नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको बताएका छन ।
‘बैंक/वित्तीय तथा लघुवित्त संस्थाबाट ऋण लिएपछि नियमित रुपमा कर्जाको साँवा/किस्ता तिर्नु ऋणीको पहिलो दायित्व हुनेमा दुई मत छैन । विभिन्न शर्तहरुको अधिनमा रही बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएपछि नतिर्ने भन्नु अराजकता हो’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।
यसैगरि, बैंक/वित्तीय संस्था तथा लघुवित्त संस्थाहरु बिरुद्धको अराजक गतिविधिले आर्थिक गतिविधिमा समेत नकरात्मक असर पार्न सक्ने भन्दै यि चारवटै संस्थाहरुले यस्ता गतिविधीप्रति सजग रहन आग्रह गर्दैै आगामी दिनमा बैंकिङ क्षेत्रलाई थप सबल र सुदृढ बनाउँदै मुलुकको आर्थिक विकासमा मद्दत गर्न सबै सरोकारवालाहरुको साथ र सहयोगकोे अपेक्षा गरिएको सोही विज्ञप्ति मार्फत जानकारि गराएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।