logo

सिभिल क्यापिटलको अध्यक्षमा भोलाबहादुर बिष्ट

    520   पटक पढिएको


१५ फागुन/अर्थ र व्यापार – सिभिल क्यापिटल मार्केटको अध्यक्षमा भोलाबहादुर बिष्ट चयन भएका छन्। कम्पनी सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो।
यसअघि सिभिल बैंकबाट प्रतिनिधित्व गर्दै क्यापिटलको अध्यक्षमा सुमन आचार्य थिए। तर, हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेसँगै आचार्य सिभिल बैंकबाट नै बाहिरिएका थिए। त्यसपछि फागुन ११ गतेदेखि लागु हुने गरी क्यापिटलको सञ्चालक पदमा मुख्य लगानीकर्ता सिभिल बैंकबाट प्रतिनिधित्व गर्दै भोलाबहादुर बिष्ट चयन भएका थिए।

उनी सन् २००२ मा महेन्द्र विद्याभूषणद्वारा विभूषित हुन् भने उनीसँग २० वर्षको बैंकिङ अनुभव छ। फागुन १४ गते उनी अध्यक्ष चयन भएका हुन्। विगत १३ वर्षदेखि उनी सेवारत सिभिल क्यापिटल मार्केटले प्राथमिक सेयर निष्कासन, निक्षेप सदस्य, लगानी व्यवस्थापनको कार्य, सेयर प्रत्याभूति र संस्थागत परामर्श सेवा लगायत पुँजीबजार सम्बन्धी सेवाहरु प्रदान गर्दै आएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।