logo

सेयरधनीलाई साढे १६% नगद लाभांश दिएको स्टयाण्डर्ड चार्टर्ड बैंकका सीईओको तलब सवा ३ करोड

    836   पटक पढिएको


२५ मंसिर /अर्थ र व्यापार – स्टयाण्डर्ड चार्टर्ड बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई एक वर्षमा ३ करोड २१ लाख ९४ हजार ५७५ रुपैयाँ तलब भत्ता दिएको छ ।

बैंकले एक वर्षमा सीईओ अनिर्वाण घोष दस्तीदारलाई १ अर्ब ९५ करोड ८७ लाख १४ हजार ९६ रुपैयाँ कर्मचारीलाई तलब, भत्ता तथा बोनसमा खर्च गरेको छ । बैंक सञ्चालक समितिकी अध्यक्ष जरिन दारुवालालले कुनै पनि सञ्चालक समितिको बैठक भत्ता लिएकी छैनन् ।

आर्थिक वर्ष २०७८/०७९ मा सञ्चालक समितिको १५ वटा बैठक बसेको छ । जसमा अध्यक्ष दारुवाला, सञ्चालक समितिका सदस्य करेन डे अल्विस र अनिर्वाण घोष दस्तीदारले कुनै पनि भत्ता लिएका छैनन् ।
तर कृष्ण कुमार प्रधानले १२ वटा बैठकमा सहभागी भएर २ लाख ७४३ हजार र भरत कुँवरले १५ वटा बैठकमा सहभागी भएर ३ लाख ३६ हजार रुपैयाँ भत्ता लिएका छन् ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १६.५१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।