logo

ग्लोबल आइएमई बैंकको १६ औं वार्षिक साधारण सभा सम्पन्न, अब मर्जर होइन लाभांशमा नम्बर वान बनाउन जोड

    700   पटक पढिएको


२३ मंसिर/अर्थ र व्यापार – ग्लोबल आइएमई बैंकको १६ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । बैंकको सधारण सभाले ५ वटा सामान्य र ८ वटा विशेषगरी १३ वटा विभिन्न प्रस्ताव पारित गरेको छ । बैंकको साधार सभाले बैंक अफ काठमाण्डूसँग मर्जर गर्ने प्रस्ताव र सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित पनि गरेको छ ।
बैंकको साधारण सभामा बोल्ने सेयरधनीहरुले अब मजैर होइन लाभांशमा नम्बर वान बनाउनेतर्फ बैंकले जाने दिनुपर्ने बताएका छन । उनीहरुले बैंकले आगामी दिनमा चाल्नुपर्ने कदम र मर्जरका विषयमा विभिन्न विषयहरु उठाएका छन् । उनीहरुले बैंकले आमगी दिनमा चाल्नु पर्ने कदमहरुको विषयमा पनि धारणा राखेका छन् ।
सेयरधनी नुतन ढुंगानाले खातामा कुनै समस्या आउँदा खाता खोलेको शाखाबाट मात्रै काम हुने गरेकाले यसलाई बैंकका सबै शाखामा समाधान गर्न सक्ने बनाउनु पर्ने बताइन् । उनले भनिन् ‘मैले थापाथलीमा खाता खोलेको छ भने नाम परिवर्तन गर्नको लागि त्यही शाखामा जानुपर्छ, बुढानिलकण्ठमा रहेको शाखाबाट पनि आफ्नो नाम परिवर्तन गर्न पाउनुपर्छ, खातामा कुनै समस्या आएमा ग्राहकको पायक पर्ने ठाउँबाट नै उक्त सेवा पाउनुपर्छ,’ उनले भने ।
सेयरधनी अर्जुन गौतमले बैंक अफ काठमाण्डूसँग मर्जर पश्चात् बैंकको नाम छोटोमिठो हुनुपर्ने बताए । यसअघि जनता बैंक र ग्लोबल आइएमई बैंकबीच मर्ज हुँदा नाममा कुनै कन्जुस्याइँ नगरेको बताउँदै उनले बैंकको सेवा बारे गुनासो धेरै आउने भएकाले सञ्चालकहरुले ध्यान दिन आवश्यक रहेको बताए ।
‘नाम सर्ट एण्ड स्वीट हुनुपर्छ किनभने खर्च व्यवस्थापन गर्न सकिन्छ, हाल छापिएका डकुमेन्टमा ग्लोबल आइएमई बिओके थप्दा धेरै खर्चिलो हुन्छ, हामीले नामभन्दा पनि प्रतिफल कति भन्ने विषयमा ध्यान दिनुपर्छ, तत्कालिन जनता बैंकसँग मर्जर गर्दा नामसर्ट र स्वीट हुनुपर्छ भन्ने धारणा राखेर आज ग्लोबल आइएमई बैंकको ब्यानरमुनी सबै सेयरधनी एकबद्ध भएका छौं,’ उनले भने, ‘व्यवसाय वृद्धि र नाफा आर्जनका लागि सेवा चुस्तदुरुस्त हुनुपर्छ तर ग्लोबल आइएमई बैंकको सेवाका बारेमा गुनासो आउने गरेका छन्, सेवालाई चुस्त बनाउँदै उत्कृष्ट व्यवसाय बनाउन सञ्चालक समितिले ध्यान दिनुपर्छ ।’
बैंकले विदेशमा शाखा विस्तार गर्दा विदेशी मुद्रा आर्जनमा टेवा पुग्ने उनले बताए । रेमिट्यान्स पठाउने नेपालीहरुका लागि विदेशमा रहेका शाखाबाट सहज हुने उनले अपेक्षा गरेका छन् । ग्लोबल आइएमई बैंक विगतदेखि नै धेरै रेमिट्यान्स भित्र्याउने पोख्त रहेकाले बिदेशमा शाखा अझै बिस्तार हुने उनको धारणा छ । बैंकिङ्ग क्षेत्रमा ग्लोबल आइएमई बैंक पूँजीका हिसावले नम्बर वान भएपछि लाभांशमा पनि एक नम्बर हुनु पर्ने उनले बताए ।

संस्थापक सेयरधनी सन्दिप अग्रवालले पछिल्लो समय अर्थतन्त्रमा परेको संकटले गर्दा बैंकको नाफामा समेत असर गरेको बताए । बैंकले आगामी दिनमा लाभांश दर बढाउनेमा आफू ढुक्क रहेको उनको भनाइ छ । राष्ट्र बैंकले स्प्रेडदर घटाउँदा बैंकको आम्दानीमा ठूलो असर गर्ने भएकाले सेयरधनीहरुले पाउने प्रतिफल पनि घट्न सक्ने उनको भनाइ छ । बिओकेसँग मर्जर गर्दा ग्लोबल आइमएई बैंक नै राख्दा उपयुक्त हुने उनले बताए ।
‘राष्ट्र बैंकले स्प्रेडदर घट्दा बैंकको नाफामा १५ प्रतिशत असर गर्छ, जोखिम भार घटाउँदा बैंकमा तरलता अभाव भोग्नु परेको छ, जसले गर्दा बैंकको विजनेशमा असर गरेको छ, १० प्रतिशत नगद लाभांश वितरण गर्दा बैंकको ब्यापार बढ्ने आपेक्षा छ,’ उनले भने, ‘बिओकेसँग १ः१ स्वाप रेसियो दुबै बैंकका लागि विन–विन पोजिशन हुन्छ, लोबल आइएमई बिओके लिमिटेड राख्दा धेरै लामो भयो, यसमा बैंक शब्द उच्चारण छैन, ग्राहकलाई विकास बैंक होकी पुर्वाधार विकास बैंक हो भन्ने दुविधा पर्न सक्छ ।’
उनले बैंक धेरै ठूलो भएकाले आगामी दिनमा मर्जर आवश्यक नरहेको भनाइ राखे । बैंक धेरै ठूलो भएपछि संचालन गर्न कठिनाइ हुन सक्ने उनको धारणा छ । ‘बैंक धेरै ठूलो भएकोले संचालनमा गर्न अफ्ट्यारो हुनसक्छ, ४ हजार ग्राहकहरु छन्, ४० लाख ग्राहक पुग्छन्, पूँजी कोष पनि ५३ अर्ब पुग्छ, यो एकदमै ठूलो बैंक भइसक्यो अब धेरै मर्जर नगर्न आग्रह छ,’ उनले भने ।
सेयरधनी केशब रेग्मीले बैंक ठूलो भएर अन्तर्रास्ट्रिय स्तरमा पुगिसकेको भएपनि धेरै कमीकमजोरी रहेको गुनासो गरे । बैंकका सञ्चालकहरुले बैंकसम्बन्धी नीति नियम बनाउँदा मालिक भन्दा पनि आफूलाई ग्राहक सम्झेर नीति नियम बनाउनु पर्ने उनले बताए ।
एनले बैंकका एटीएम मेसिनहरु धेरै भएपनि काम नगर्ने भएकाले समाधान गर्न सञ्चालक आफैैंले अनुगमनमा जानुपर्ने उनले बताए । एउटा चेक साट्नको लागि घण्टौ लाइनमा बस्नु परेको गुनासो गरे ।
‘एटीएम मेसिन देखाउन राखिएका छन्, आफूलाई पैसा चाहिएको बेला कहिल्यै चल्दैनन्, कहिले पैसा आउँदैन, कहिले बिग्रेको छ भन्छ, कहिले कार्ड नै चपाइदिन्छ, कतिपय बैंकरले त यी खोक्रा मेसिन हुन भन्छन्, यसमा बैंकले कन्ट्रोल गर्नुपर्छ, बैंक सञ्चालकले अनुगमन गर्नपर्छ, चेक साट्न घण्टौ लाइन बस्नुपर्छ, कर्मचारी छैन भने थप्नु पर्याे नी, एउटा कर्मचारीले सबै काम गर्छन्,’ उनले भने ।
आज स्वदेशी ग्राहकलाई मात्रै सेवा दिइरहेको बैंकले भोलिका दिनमा बिदेशी ग्राहकलाई पनि सेवा दिनु पर्ने भएकाले छिटोछरितो हुनुपर्ने उनको भनाइ छ । बैंकका सञ्चालकलाई जिम्मेवारी दिएर शाखा अनुगमनका पठाउनुपर्ने उनको माग छ । सेयरधनी कृष्ण प्रसाद पाण्डेले ग्लोबल आइएमई बैंकले मर्जरपश्चात् कर्मचारी फिल्टर गरेर छनोट गर्नुपर्ने बताए । बैंकले कर्जा प्रवाह गर्दा साना उद्योगीहलाई बढी जोड दिनुपर्ने उनको भनाई छ ।
ठूला उद्योगी व्यवसायीलाई मात्रै कर्जा प्रवाह गर्दा रिकोभरिमा समस्या आउन सक्ने भएकाले एसएमई प्ल्याटफर्मलाई बढी जोड दिनुपर्ने उनले बताए । जिल्लामा बैंक पुगेकाले कृषकलाई कर्जा दिनु पर्ने उनको भनाइ छ । उनले बैंकका सेयरधनीहरुलाई आफ्नै बैंकमा रकम जम्मा गर्न आग्रह गरे । तरलता अभाव रहेकाले बैंकका सेयरधनीहरुले आफ्नै बैंकमा निक्षेप राख्नुपर्ने उनले बताए । ‘ग्लोबलको एटिएम ठमेलमा नै चल्दैन, एटीएमलाई तन्दुरुस्त राख्नुपर्यो, बैंकका संचालकको कामको बाँडफाँट गर्नुपर्छ, सञ्चालक बसेर भत्ता मात्रै खाने काम भयो, शाखा अनुगमन गर्न पठाउनु पर्छ,’ उनले भने ।
कम्पनी सचिव विष्णु प्रसाद बाँस्कोटाले पुस १८ देखी २५ गतेभित्र एकीकृत कारोबार गर्न लक्ष्य रहेको बताए । ग्लोबल र बिओकेको ब्रान्ड भ्यालु हेर्दा ग्लोबल अघि रहेकोले नामको विषयमा पनि सहमति हुनेमा उनले विश्वास ब्यक्त गरे ।
ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिओकेसँग मर्जरपश्चात्ग्लोबल आइएमई नै नाम राख्ने गरी पहल भइरहेको गरिरहेको बताए । मर्जर पश्चात् बैंकको नाममा दुविधा नहोस् भन्नको लागि सबै व्यवस्थापन मिलाइरहेको उनको भनाई छ । नाम परिवर्तन भयो भने सुरुवातदेखिसबै काम गर्नु पर्ने भएकाले ग्लोबल आइएमई बैंक नै राख्ने गरी सहमति मिलाउने उनले बताए ।
‘नाम परिवर्तनपछि ठूलो कस्ट आउँछ, हामीले लगाउने आइडी कार्डदेखि लिएर स्टेशनरी सामाग्री, शाखा कार्यालयमा रहेको बोर्डहरु, अन्तर्राष्ट्रिय स्तरमा समेत शाखा भएकाले खर्च धेरै आउन सक्छ, ग्लोबल आइएमई बैंक सकारात्मक छ, आफ्नो पार्टनरलाई पनि कन्भिन्स गर्न प्रयत्नरत छ, मर्जर दुवैको समझदारीमा अघि बढ्नुपर्ने हुन्छ, अन्तिम स्वीकृति आउँदा राम्रो आउन सक्नेछ,’ उनले भने ।
उनले हेड अफिसले मात्र सेवा दिएर सबै ग्लोबलको बैंकको सेवा राम्रो हुन नसक्ने बताए । बैंक ठूलो भएका हुँदा ४० लाख ग्राहकलाई सर्भिस दिन सके सक्षम र सफल हुन सकिने उनको भनाई छ । उनले व्यवस्थापनमा रहेका कर्मचारीलाई तत्काल सेवा तिब्र बनाउन सीईओ लगायत सबै कर्मचारीलाई निर्देशन दिए ।
‘बैंक ठूलो भयो, नेटवर्क ठूलो भयो, चुक्ता पूँजीमा ठूलो भयो, ४० लाख ग्राहक छन्, यदि ४० लाख ग्राहकलाई राम्रो सर्भिस दिन सकिएन भने मल्टिपल हिसावले ग्लोबल आइएमई बैंकको सेवा राम्रो छैन भन्ने सन्देश जान सक्छ, बैंकका विभागीय प्रमुख र प्रमुख कार्यकारी अधिकृतलाई यहिँबाट कडा निर्देशन दिन चाहन्छु,’ उनले भने, ‘व्यवस्थापन टीम बसेको हेड अफिसमा मात्रै सेवा राम्रो भएर ग्लोबल आइएमई बैंकको सर्भिस राम्रो हुँदैन, सबै म्यानेजमेन्टको टीमलाई पब्लिकको सेवालाई चुस्त दुरुस्त दिनुस् भन्ने निर्देशन दिन्छु,’ उनले भने ।
कोरोना महामारीपछि सबैभन्दा धेरै रिफाइनान्स गर्ने ग्लोबल आइएमई बैंक रहेको उनले बताए । रिफाइनान्स रोकेका कारण सहज भएको उनको भनाइ छ ।सबैका लागि बैंक भन्ने नारा भएकाले सबै ग्राहकहरुलाई कृषकदेखि ठूला उद्योगीलाई कर्जा दिने गरेको उनले बताए ।आगामी दिनमा बैंकले अहिले भन्दा धेरै लाभांश वितरण गर्नेमा उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।