logo

सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआइएलले ब्रोकर आवेदन दिन २० करोड चुक्ता पुँजी पु¥याउने

    843   पटक पढिएको


१३ असोज/अर्थ र व्यापार – सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआइएल सेक्युरिटिजले २० करोड चुक्ता पुँजी पु¥याउने भएको छ । सो कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरि अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजीमा बढाउने भएको हो।
यसैगरि, सो कम्पनीले नियामकको नयाँ व्यवस्था अनुसार हालको अधिकृत पुँजीलाई बढाएर ६० करोड रुपैयाँ पु¥याउने भएको छ । यसैगरि, जारी गर्ने र चुक्ता पुँजी २० करोडमा विस्तार गर्ने जनाएको छ ।
कम्पनीले प्रबन्धपत्र तथा नियमावलिमा आवश्यक फेरबदल गर्न आगामी २३ असोजमा विशेष साधारण सभा डाकेको छ । अहिले केबिएल सेक्युरिटिज लिमिटेडको चुक्ता पुँजी २ करोड रुपैयाँ मात्र छ । कम्पनीको अधिकृत पुँजी ५ करोड रुपैयाँ हो ।
नियामक धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी )नियमावलीलाई पाँचौं पटक संशोधन गरी ब्रोकर कम्पनिहरुलाई तीनवटा तहमा विभाजन गर्दै चुक्ता पुँजी बढाएको हो ।
नियमावली अनुसार समिति कार्य गर्ने धितोपत्र सेवा, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा र धितोपत्र व्यवसायी (स्टक डिलर) मा ब्रोकर कम्पनी बाँडिएका छन् । चुक्ता पुँजी २० करोड रुपैयाँ देखि डेढअर्ब रुपैयाँ तोकिएको छ । बोर्डले तह अनुसारको कार्य अधिकार पनि विभाजन गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।